५ कार्तिक २०८३, बुधबार

 

फेन्सी व्यवसायी समिति र व्यापार वचत सहकारीद्वारा सापकोटा प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । कपडा तथा फेन्सी व्यवसायी समिति र व्यापार वचत तथा ऋण सहकारी बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका-४ कुँडुले, छाप निवासी मन कुमारी सापकोटाको स्मृतिमा बिहीबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङका उपाध्यक्ष तथा व्यापार वचत तथा ऋण सहकारी बागलुङका सचिव गोकुल प्रसाद कँडेलका ममतामयी सासु आमा, श्रीमती जमुना कँडेल, छोराहरु दिननाथ सापकोटा, राजेन्द्र सापकोटा, दोर्ण सापकोता, भुपेन्द्र सापकोटा, मुरारी सापकोटाका ममतामयी आमा मन कुमारी सापकोटा प्रति कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष दलबहादुर कार्की, निर्वतमान अध्यक्ष रामचन्द्र शर्मा, सचिव प्रेमलाल गौतम, कोषाध्यक्ष मातृका प्रसाद आचार्य, सदस्य मनोज साह तथा व्यापार वचत तथा ऋण सहकारीका उपाध्यक्ष विमल श्रेष्ठ, सदस्यहरु मुरारी गैरे, सन्तोष शर्मा,  झलक सुवेदीले श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट ज्वाई गोकुल प्रसाद कँडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन कपडा तथा फेन्सी व्यवसायी समितिका कोषाध्यक्ष तथा व्यापार वचत तथा ऋण सहकारीका सहसचिव मातृका प्रसाद आचार्य गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung