३ श्रावण २०८३, आईतवार

 

बाँसखर्कमा सुन्तला ढुवानीमा समस्या : प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन महोत्सव

बागलुङ । सुन्तलाको प्रचार प्रसार गर्न र गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ।

नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको स्वादिला सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कमा यस वर्ष १९ करोढ बढिको सुन्तला उत्पादन भएको छ । सुन्तलाको ढुवानीमा समस्या भएपछि गाउँसम्मै सडक निर्माणमा पहल गर्न र प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन एक दिने सुन्तला महोत्सव आयोजना गरिएको हो ।

सुन्तला महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो । उहाँले सुन्तलाको बजारीकरणमा प्रदेश सरकारले सघाउने बताउदै बाँसखर्क पुग्ने सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताउनुभयो ।

पाण्डेले सुन्तलाको खानी रहेको बाँसखर्क पुग्ने सडक स्तरीय बनाउन आवश्यक महसुस गरेको बताउनुभयो । उहाँले सुन्तलाको ब्राण्डीङ गरेर अन्तराष्ट्रिय बजारमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सुन्तलाको सिंचाईको साना योजना ल्याउने, गाउँमा नै उत्पादन कृषि उपजलाई बजारीकरण गर्ने र कृषि क्षेत्रलाई र कृषकलाई टेवा दिन गण्डकी प्रदेशले सहयोग मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

जलजला गाउँपालिका–१ वडा कार्यालय र गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको बाँसखर्क सुन्तला महोत्सवमा पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्यालले सुन्तलालाई पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो

। भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठले यहाँको सुन्तलाबाट नागरिकको आयआर्जन बढ्दै जीवन स्तरमा परिवर्तन आएको बताउनुभयो । सुन्तलाको प्रचार प्रसार गर्दै सुन्तला ढुवानीका लागि स्तरीय सडकको ध्यानाकर्षण गर्न महोत्सव आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताउनुभयो ।

उहाँले सडक र पूर्वाधारको विकास साथै र कृषि क्षेत्रमा आएका समस्यालाई सहयोग बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा, गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, पूर्व जनप्रतिनिधि यामबहादुर मल्ल, प्रमुख सचिव बाबुराम विष्टले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वडा अध्यक्ष जगबहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको स्वागत तथा युवाराज अर्गजाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung