बागलुङ । संस्थागत विद्यालय मध्य साविक धौलागिरिको पहिलो विद्यालयको रुपमा स्थापना भएको गरिमा (डिग्निटी) आवासीय माध्यमिक विद्यालयको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख प्रकाश वन्धु अर्याल, बागलुङ नगरपालिका-२ का वडा सुरज बोसेल, प्याब्सन बागलुङका अध्यक्ष दल थापा, सम्मानित शिक्षक रन्जिता सापकोटा, अभिभावक अजन्ता भण्डारी, टेकबहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रिन्सिपल तेजेन्द्र कुँवरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सांस्कृतिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा शिक्षकहरु रन्जिता सापकोटा, तारा शर्मा केसी, कर्मचारी गोमा कँडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रम गरिमा डिग्निटी आवासीय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन आचार्यको अध्यक्षता, प्याब्सन बागलुङका सचिव तथा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष श्याम प्रसाद शर्माको स्वागत र विद्यालयका सञ्चालक समितिका सचिव गणेश प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस विद्यालयमा सृजनात्मक र प्रयोगात्मक ढंगले पढाई हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।





















































































































































































































