बागलुङ । जलजला गाउँपालिका-८ खनियाघाटस्थित नाग्लीबाङ बहुउद्देश्यीय सहकारीको आयोजनामा जलजला गाउँपालिका-८ नाग्लीबाङ वडारे निवासी शेयर सदस्य कर्णबहादुर थापाको स्मृतिमा शुक्रबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
सहकारीकी कर्मचारी सृष्टि थापा मगरकी बुबा थापाको स्मृतिमा सभा आयोजना गरिएको हो ।
सहकारीका अध्यक्ष सूर्यबहादुर महत, सचिव लक्ष्मी जिसी र कोषाध्यक्ष गोकुल प्रसाद कँडलले मृतक थापा प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरी सृष्टि थापा मगरले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन नाग्लीबाङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष सूर्यबहादुर महतको अध्यक्षता र सचिव लक्ष्मी जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



































































































































































































