बागलुङ । बचत रकम हिनामिना पश्चात डेढ वर्ष बन्द भएको बागलुङको इमेज बचत तथा ऋण सहकारीले संघर्ष समितिको समन्वयमा साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।
बचत रकम हिनामिना भएको आरोपमा पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहनुभएका ढोरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका देव कुमार नेपालीले बचत कर्ताबीच मिलापत्र थालेपछि साना बचत कर्तालाई रु. तीन करोड ४० लाख बचत रकम फिर्ता गर्नुभएको हो ।
बचत पीडित संघर्ष समितिकै सक्रियतामा ५१३ बचतकर्ताको रकम फिर्ता गरिएको समितिका संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीले एकलाख सम्मबा बचत कर्ताको रबै रकम फिर्ता गरिएको बताउदै फिर्ता लिन बाँकी रहेका बचत कर्ता सम्पर्कमा आउन आग्रह गर्नुभयो ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले साना बचत कर्तालाई नगद र ठुला बचत कर्तालाई एक वर्ष भित्र जग्गा फिर्ता गर्ने शर्तमा मिलापत्र थाले लगत्तै साना बचत कर्ताले बचत रकम चेक मार्फत फिर्ता पाएका हुन् ।
बागलुङ शाखाका २९८, बुर्तिवाङ साशाखा ९८ र गलकोट शाखाका १७७ जनालाई रु.तीन करोड ४० लाख रकम फिर्ता गरिएको कार्कीले बताउनुभयो ।
उहाँले बचत फिर्ता थालेपछि डेढ वर्षदेखि अन्योलमा रहेका बचतकर्तालाई राहत मिलेको बताउनुभयो । बचतकर्ताको रकम मिना ग्रुप कम्पनी प्रा.ली मार्फत फिर्ता गरिएको र एक लाख भन्दा माथीका बचतकर्तालाई जग्गा दिने सहमती भइसकेको छ ।
इमेज बचत तथा ऋण सहकारी संस्थामा एक लाख सम्म बचत गरेका, बागलुङ बजार, गलकोट र ढोरपाटनका बचत कर्ताले आफ्नो बचत फिर्ता पाएपछि बचत कर्तामा उत्साह छाएको छ ।
मिलापत्रकार्य प्रकृयामै रहेको र अहिले सम्म५४७ बचतकर्ताबीच मिला पत्र भइसकेको र अन्य एक हजार बचत कर्ताबीच मिला पत्र भएमा बचत कर्तालाई जग्गा दिनेकाम शुरु हुँने कार्कीले बताउनुभयो ।
मिलापत्र सकिएपछि जेलबाट देव कुमार छुट्नेछन् भने सहमती अनुसार एक वर्ष भित्र ठूला बचत कर्तालाई मिना ग्रुप मार्फत जग्गा उपलब्ध गराउनेछन् । सहमती अनुसा मिना ग्रुपको चेकनै आधिकारिक रुपमा बचतकर्तालाई बचत रकमका आधारमा दिइनेछ भने सोही अनुसाको संगोलमा जग्गा पास गरेपछि चेक फिर्ता लिइनेछ ।
अहिले सम्म ५४७ जना पीडित र देब कुमार बीच मिला पत्र भइसकेको अन्य एक हजार पीडितसंग मिलापत्रको काम थालिएको इमेज बचत पीडित संघर्ष समितिका संयोजक डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।
बागलुङ र पोखरामा कार्यालय स्थापना गरी सञ्चालन गरिएको इमेज बचत तथा खोलेर सहकारी चलाएका देवकुमार नेपालीले पीडित बचतकर्ताको रकम फिर्ता गर्ने सहमति जनाएपछि ढोरपाटनबाट बचत फिर्ताको काम थालिएको थियो ।
५४७ जनाको रु.२३ करोड बचत बराबरको मिलापत्र सकिएको र दोस्रो चरणमा एक हजार १०० बचत कर्ताको रु. एक अर्ब १५ करोड बचत रकमको मिलापत्र प्रकृयामा रहेको कार्कीले बताउनुभयो ।
सहकारीको करिव रु.२ अर्ब हिनामिना गरेको प्रतिवेदन प्रहरीले तयार गरेको थियो । बागलुङको सहकारीबाट रु.१ अर्ब ३८ करोड र पोखरामा रु.६५ करोड रकम हिनामिना भएको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो ।
सहकारीको रकम अपचलन गरेको दाबी सहित देवकुमार सहित ११ जना विरुद्ध बागलुङ अदालतमा मुद्दा दायर गरेको थियो । १ हजार ५४३ जनाको उजुरीको आधारमा अनुसन्धान अनुसार देव कुमार नेपाली असोज १५ गतेदेखि बागलुङ जिल्ला कारागारमा हुनुहुन्छ ।

































































































































































































