
बागलुङ । सिवाईसी सहकारीको १६ औँ स्थापना दिवसको अवसरमा आइतबार सरसफाइ तथा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा बाग्लुङ नगरपालिका-९, सालबोटस्थित आशापूर्णेश्वर शिवालय मन्दिर, शिवपुरी फड्के डाँडामा सरसफाई तथा वृक्षारोपण गरिएको हो ।
मन्दिर परिसर भित्र सरसफाई र तीन दर्जन विरुवा लगाएको छ । संस्थाले पुराना विरुवा गोडमेल गर्नुका साथै पिपल, धुपी, कल्की जातका ४ दर्जन विरुवा रोपेको हो ।
सदस्यको खुशीको आधार, प्रविधियुक्त सुरक्षित कारोबार भन्ने संस्थाको वार्षिक नाराका साथ सस्थाले चैत्र १३ देखि आगामी २६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाउँदै छ ।
चारतारे युवा क्लव (सिवाईसी) नेपाल , सिवाईसी साकोस, आशापूर्णेश्वर शिवालय मन्दिर परिवारको सहभागितामा ६ पिपल ,२६ कल्की र १० धुपी रोपण साथै १०८ पिपल गोडमेल एवं मन्दिर परिसरमा सरसफाई गरिएको सिवाईसी सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताउनु भयो ।