१५ बैशाख २०८२, सोमबार

 

ग्रीन डेभलपमेन्ट बैंकको बाह्रौँ साधारण सभा सम्पन्न, ६.०५ प्रतिशत लाभांश पारित

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बागलुङ बजारको होटल पिस प्यालेसमा सम्पन्न भएको छ ।त्यसैगरी सभाले आर्थिक वर्ष २०८० र ८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८१ र ०८२को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यस वर्ष कम्पनीले शेयर धनीहरुलाई गत वर्षका नाफाबाट लाभांश प्रस्ताव पारित गरेको छ । ५.७५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर समेत गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

साथै कुल पुँजीको १ बराबर १.१ प्रतिशतका दरले हक प्रद शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृती माग गर्ने निर्णय समेत गरेको छ । बैंकले उपयुक्त लागेका अन्य बैंकसँग एक आपसमा गाभ्ने गाभिने वा प्राप्तिको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आजको सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरु सूर्य प्रसाद लम्साल र आशिष गौतमलाई समेत निर्वाचित गरेको छ । उक्त कार्यक्रममा दिपेन्द्र श्रेष्ठ लगाएत शेयर धनीहरुले विभिन्न राय सुझावहरु दिनु भएको थियो ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षता, सञ्चालक सूर्य प्रसाद लम्सालको स्वागत तथा प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०६९ भदौ ९ गते ‘ख’ श्रेणीको विकास बैंकका रूपमा बागलुङमा केन्द्रीय कार्यालय बनाएर सञ्चालनमा आएको बैंकले १५ शाखाबाट सेवा दिइरहेको छ ।

अहिले बैंकको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका-८ न्युरोडमा रहेको छ ।बैंकले उद्योग, व्यापार, पशुपालन, कृषि, पर्यटनजस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा प्रवाह गर्दै आएको छ । बैंकले आवश्यक पुँजी कायम गरी प्रदेश स्तरीय बैंकमा स्तरउन्नती गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung