५ कार्तिक २०८३, बुधबार

 

काठेखोला गाउँपालिकाको विहुँ र अक्षेते बजारमा अनुगमन, अखाद्य सामग्री नष्ट

बागलुङ । काठेखोला गाउँपालिका-६ विहुँ , सुलडाँडा र काठेखोला गाउँपालिका-२ अक्षेते बजारमा आज अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, काठेखोला गाउँपालिका, राष्ट्रिय उपभोक्ता मंच बागलुङ, प्रहरी चौकी दोबिल्ला बागलुङको संयुक्त टोलीले बजार अनुगमन गरिएको हो ।होटल, रेष्टुरेन्ट, खाजा पसल, किनारा पसल, मिष्ठान भण्डार, स्टोर्स गरी दश वटा पसलहरुमा बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा गुणस्तरीय सामान बिक्री गर्न, मूल्य सूची राख्न, साइनवोर्ड राख्न, म्याद गुज्रेको सामान पसलबाट हटाउन, सरसफाइमा ध्यान दिन, दर्ता नवीकरण गरी व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

अनगमनको क्रममा म्याद गुज्रेका टुर्वग वियरलाई नष्ट गरिएको थियो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न, उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न,कालोबजारी नियन्त्रण गर्न र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्प राज पौडेलले नयाँविश्वलाइै बताउनुभयो ।

अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले व्यवसायी दर्ता, नविकरण, साइनबोर्ड, मुल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung