
बागलुङ । बागलुङमा लागुऔषधको दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी कार्यक्रम गरि मनाइने भएको छ ।
२६ जुनमा मनाइने दिवसको अवसरमा बागलुङमा विभिन्न सरकारी कार्यालय र संघ सस्थाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो।
दिवसलाई सप्ताहव्यापी रुपमा भव्यताका साथ मनाउन असार ६ गतेबाट १२ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले बताउनुभयो ।
दिवसको अवसरमा आयोजि सप्ताहव्यापी कार्यक्रमका बारेमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघ, रेडक्रश, यातायात व्यवसायी, गैर सरकारी संस्था महासंघ, प्याव्सन, एन प्याव्सन, पुन: स्थापना केन्द्र, पत्रकार लगाएत सरोकारवाला संघ सस्थाका प्रमुख तथा प्रतिनीधि संघ छलफल गरिएको थियो ।
सप्ताहको पहिलो दिन असार ६ गते जिल्ला प्रशासन कार्यलयको समन्वयमा बागलुङ बजारमा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ तथा लागु औषध नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरिने छ ।
असार ८ गते जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्लाका १० वटै स्थानिय तहसँग समन्व्य गरि स्कुल कलेजमा लागु औषध विरुद्ध सचेतना कक्षा संचालन गर्ने, असार ९ गते, जिल्लामा संचालनमा रहेका उपचार तथा पुनस्थापना केन्द्रहरुको विवरण, उपचारपश्चात निकोभई घर फर्केकाको संख्या, सेवा शुल्क आदिको विवरण, लागुऔषध नियन्त्रण अधिकारी मार्फत सार्वजनिक गर्ने, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयोजनमा खुल्ला सिमा नाका तथा यातायातका साधनहरुमा ओसारपसारको कडा चेकजाँच गर्ने, असार १० गते शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्ला स्तरमा लागु औषध दुर्व्यसन मुक्त समाज निर्माणको लागि युवा र समाजको भुमिका विषयमा अन्तरक्रिया, सम्वाद र वक्तित्वकला प्रतियोगिता गर्ने , सप्ताहकै अवसरमा जिल्ला समन्वय समितिको समन्वयमा स्थानिय तहको नीति तथा कार्यक्रम एवं बजेटमा लागु औषधलाई मुलप्रवाहिकरण गर्न स्थानिय तहसँग छलफल गर्ने निर्यय भएको छ ।
भने सप्ताहको अन्तिम दिन बागलुङ बजारमा प्रभातफेरी र सप्ताहव्यापी कार्यक्रमको समापन गरिने प्रमुख जिल्ला अधिकारी गुरुङले बताउनुभयो ।