६ असार २०८२, शुक्रबार

 

गलकोट नगरद्वारा आर्थिक वर्ष २०८२, ०८३ को नीति तथा कार्यक्रम प्रस्तुत

गलकोट । गलकोट नगरपालिकाद्धारा आर्थिक वर्ष २०८२(०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।गलकोट नगरपालिकाको नगर सभाको १७औँ अधिवेशनमा नगर सभा अध्यक्ष भरत शर्मा गैरेले गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२,०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८२(०८३ मा कृषिसँग सम्बन्धित समस्या र गुनासो समाधान गर्न कृषकसँग कृषि प्राविधिक कार्यक्रम वडा स्तरमा सञ्चालन गर्ने, दैनिक उपभोग्य कृषिजन्य वस्तुहरुमा नगरपालिकालाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न नगरपालिका भित्रका सबै सम्भाव्य क्षेत्रहरुको पहिचान गरि व्यवसायिक तरकारी खेती, अन्नबाली, मसलाबाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न माटो परिक्षण गर्ने कार्यलाई प्राथमिकता दिने, नगर क्षेत्रभित्र क्रियाशिल सहकारी संस्थाको अनुगमन गरी सबै संस्थालाई कोपोमिस प्रणालीमा अनिवार्य आवद्ध गर्ने, साना तथा मझौला कृषकहरुलाई व्यवसायिक बन्न प्रोत्साहन स्वरुप बाख्रापालन, कुखुरापालन, हाँसपालन, माछापालन, लगायतका लक्षित कार्यक्रमहरु समावेश गर्ने, पशु सेवा शाखाबाट ४० प्रकारका निुशल्क औषधी उपलब्ध गराईने, गलकोट नगरपालिकालाई दुध र अण्डामा आत्मनिर्भर बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने, दरमखोलाको असला माछा संरक्षण गर्न माछाले फुल पार्ने समय भदौदेखी कार्तिक महिनासम्म माछा मार्ने कार्यलाई रोक लगाईने र अन्य समयमा व्यवस्थित गरिने उल्लेख गरिएको छ ।

त्यस्तै गलकोटको पहिचान कायम राखी नगर क्षेत्रमा उत्पादित वस्तुलाई बजारीकरण तथा प्रवद्र्धन गर्दै उपहार एवम् चिनोको रुपमा एकै स्थानबाट बिक्रि वितरणको लागि उपयुक्त स्थानमा कोसेलीघर स्थापना र सञ्चालनको लागि आवश्यक पहल गरिने, नगरपालिका क्षेत्र भित्रका महिला, दलित, आदिबासी, जनजाती, विपन्न वर्ग वैदेशिक रोजगारबाट फर्केका व्यक्तिलाई स्वरोजगारको माध्यमबाट विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने, गलकोट नगरपालिकाको ऐतिहाँसिक धरोहर कोत घरलाई संरक्षण गरी पर्यटनसँग जोड्ने, टेउवा अन्तर्राष्ट्रिय मूर्तिकला संग्राहलयको संरक्षण र विकासको लागि आवश्यक पहल गर्ने, घुम्टेको लेक, सिद्दथान, सहश्रधारा झरना, रमुवा, थालेपोखरा, कालीलेक, राम्चे, उदय बुद्द बिहार, चमेरे गुफा, शिवधुरी, गाजा धुरी, कोतघर, निलुवा र ऐतिहासिक गलकोट दरवार लगायत आदिको विकास र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने, विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका सबै विद्यार्थीलाई विद्यालयमा भर्ना गरिने अभियानलाई निरन्तरता दिने, बालशिक्षाको कार्यक्रमको विस्तार गर्दै बालशिक्षक तथा बिद्यालय कर्मचारीहरुको मनोबललाई उच्च राख्न विगतदेखी प्रदान गरिदैँ आएको प्रोत्साहन अनुदानलाई निरन्तरता दिने, गुणस्तरिय शिक्षाको लागि विद्यार्थीलाई विद्यालयमा ल्याउन, टिकाउन र सिकाउन विद्यालय दिवा खाजा कार्यक्रम ९बालविकास देखी कक्षा–६० लाई निरन्तरता दिदैँ अनुगमन प्रणालीलाई प्रभावकारी बनाईने, निशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई थप व्यवस्थित बनाईने, नगर क्षेत्रका सम्पूर्ण वडामा बालविवाह, बालश्रम, बाल बेचबिखन तथा लागु औषध सेवन विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने, गलकोट नगर अस्पतालमा विपन्न नागरिकहरलाई उपचारमा सहुलियत दिन नगर स्तरिय विपन्न नागरिक उपचार कोष स्थापना तथा सञ्चालन गर्ने, घरमा हुने प्रसूति दरलाई शून्यमा यथावत् राख्न थप २ बर्थिङ सेन्टरमा सुत्केरी प्रतिक्षा घरको निर्माण गरिने, गर्भवती तथा सुतकेरी महिलाहरुका लागि आकस्मिक रेफर गर्नुपरेमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने, नगरपालिकाबाट गरिने सम्पूर्ण क्रियाकलापहरु जस्तै जनहितका लागि सन्देश, प्रगति विवरण, बुलेटिन, निति तथा कार्यक्रम, नगरकार्यपालिका तथा नगरसभाको बैठकबाट गरिने निर्णय लगायतलाई स्थानीय सामुदायिक रेडियो तथा आम सञ्चारकर्मीहरुसँग समन्वय गर्दै सूचना प्रवाह छिटोछरितो र पारदर्शी गरिने, नगर क्षेत्र भित्र रहेका धार्मिक ऐतिहाँसिक सांस्कृतिक जात्रा पर्व कला साहित्य संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक पहल गर्ने लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

सभामा नगर सभा अध्यक्ष भरत शर्मा गैरेले प्रस्तुत गरेको गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२(०८३ को नीति तथा कार्यक्रम, नगर उपप्रमुख फमलाल निउरेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१ ,०८२ को राजस्व परामर्श समितिको प्रतिवेदन, न्यायिक समितिको प्रतिवेदन, विधायन समितिका संयोजक राम प्रसाद कडेंलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१,०८२ को विधायन समितिको प्रतिवेदन र सुशासन समितिका संयोजक टुक कुमारी श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१,०८२ को सुशासन समितिको प्रतिवेदन पारित गरिएको थियो ।त्यस्तै सभामा नगर सभा सदस्यहरुले प्रश्न, सुझाव तथा जिज्ञासाहरु राख्नुभएको थियो । कार्यक्रम नगर सभाका अध्यक्ष भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।नगर सभा आगामी असार ७ गतेसम्मका लागि स्थगित भएको छ ।

गलकोट एफएमबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung