५ श्रावण २०८३, मंगलवार

 

काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रम : ग्रामीण वस्ती विकास, स्थानीय उत्पादनको प्रवर्द्धनदेखि बाँदर नियन्त्रणसम्म

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले केही वस्तीहरुलाई ग्रामीण सहरको रुपमा विकास गर्ने नीति लिएको शुक्रबार गाउँपालिकाको १७ औं गाउँ सभामा आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सावर्जनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले वडा नम्बर १, २, ५ र ६ को सम्भावित बस्तीहरुलाई नीजि क्षेत्र र स्थानीय समुदायहरुसँगको सहकार्यमा नमुना सुरक्षित आवाससँगै ग्रामीण सहरको रुपमा विकास एवं विस्तार गर्ने नीति सार्वजनिक गर्नुभएको हो ।

यस्तै गाउँपालिका भित्र अव बन्ने संरचनाहरुलाई व्यवस्थित गर्न व्यक्तिगत आवास व्यवस्थापनका लागि पक्की घर बनाउँदा अनिवार्य नक्सापास गर्नुपर्ने र अन्य कुनै घर टहरा निर्माण गर्दा गाउँपालिकाको स्वीकृति लिनुपर्ने नीति सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न तरकारी मिनिकिट अनुदान कार्यक्रम, चिया, अलैची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रुपमा विकास गर्दै कृषि पकेट पूर्वाधार कार्यक्रम संचालन, कृषकको उत्पादानलाई संकलन र बजारीकरणको लागि काठेखोला कृषि उपज संकलन केन्द्रको भवन निर्माण र संचालन गर्ने जनाएनु भएको छ । गाउँपालिकाले बाँदर व्यवस्थापन कार्यक्रम संचालन गर्ने भएको छ ।

अध्यक्ष थापाले सामुदायिक वन उपभोक्ता समूहहरुसँग सहकार्य गरी बाँझो तथा सामुदायिक वन जंगलहरुमा फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमुल जस्ता फलफूल तथा अनिजजन्य खाद्यान्नहरु लगाएर बाँदर व्यवस्थापन गर्ने नीति सार्वजनिक गर्नुभएको छ ।

यस्तै गाउँपालिका भित्र उत्पादन हुने नाङ्लो, डाली, मकैको भुट्लाबाट निर्माण हुने फूलजन्य सामग्रीहरुको बजारीकरणमा साथ दिन ‘काठेखोला कोसेली घर’ संकलन गरिने भएको छ ।

गाउँपालिका भित्र रहेका खानीहरु उत्खनन् तथा अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय तथा पहल गर्ने र कोदोको अर्गानिक लोक्कल रक्सीलाई ब्रान्डिङ र लेवलिङ गरी विक्री वितरण गर्न प्रक्रिया अगाडी बढाउने नीति सार्वजनिक गरेको छ । गाउँपालिकलो रैथाने बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई ९क्यान्डी०, जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र लेवलिङ गरी बजार व्यवस्थापन गर्ने भएको छ ।

यस्तै गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यापर्यटन रुपको विकास गरी पूर्वाधार निर्माण गरिने र नीजि क्षेत्रसँग समन्वय गरि जडिबुटि उत्पादन र प्रशोधन केन्द्र संचालन गरिने अध्यक्ष थापाले नीति ल्याउनुभएको छ ।

यस्तै आम नागरिकहरुमा शैक्षिक जागरणका नविनतम कार्यक्रम संचालन गर्न सवैको लागि शिक्षा संचालनमा जोड दिने, गाउँपालिका भित्र बन्ने नयाँ संरचनाहरुमा बाल तथा अपाङ्गमैी भौतिक संरचना निर्माणमा जोड दिने र विद्यालयहरुको खाजामा जंकफुट रहित बनाउन सवै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम संचालन गरिने भएको छ । त्यस्तै उपाध्यक्षसँग सघन र नियमित अनुगमन कार्यक्रम समेत राखिएको हो ।

पूर्वाधार तर्फ गाउँपालिकाले हरेक वर्ष गाउँपालिका भवनदेखि वडा कार्यालयसम्म जोड्ने सडकलाई गौरवको योजनामा समावेश गर्दै स्तोरन्नती गर्ने योजना यस वर्ष वडा नम्बर ३ धम्जा र वडा नं ७ रेशेको वडा कार्यालयसम्म जोड्ने सडक स्तोन्नति गरिने भएको छ । यस्तै गाउँपालिका र वडा कार्यालयसँगको साझेदारीतामा वडा कार्यालयले संकलन गरेको राजश्व रकम बराबरको साझेदारीतामा प्रत्येक वडाको सडक ढलान, ग्रावेलिङ, ग्याविन लगायतका काममा जोड दिइने र सडक निर्माण गर्दा पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गरि वातावरणमैत्री सडक संरचना निर्माण गर्न पहल गरिने र यस वर्ष ५० प्रतिशत पूर्वाधार संरचनाको निर्माण कार्य गर्ने नीति अवलम्वन गरिने नीति लिइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाका सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने । स्वास्थ्य तर्फ १२० विपन्न घर परिवारहरुलाई निःशुल्क बिमा लगायतका कार्यक्रम जोडिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung