बागलुङ । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि रु ५९ करोड ५४ लाख बजेट ल्याएको छ ।आगामी आर्थिक वर्ष २०८२-०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।
मंगलबार गाउँपालिका केन्द्र लामाखेतमा गाउँसभाको १९औँ गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि रु ५९ करोड ५४ लाख बजेट छलफल सहित पारित भएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल सहित पारित भएको छ । उपाध्यक्ष आचार्यले सभामा प्रस्तुत गर्नुभएको विनियोजन ऐन–२०८२ र आर्थिक विद्येयक–२०८२ समेत सभाबाट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।
उपाध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको कुल विनियोजित मध्ये चालुतर्फ रु ३६ करोड ५६ लाख २२ हजार र पुँजीगत तर्फ २२ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
संघीय र प्रदेश सरकारको समानीकरण अनुदान ९ करोड २० लाख, सङ्घीय सरकारको राजश्व बाँडफाँड ७ करोड ९१ लाख ३९ हजार १४८, प्रदेश सरकार समानीकरण अनुदान १ करोड १६ लाख ७९ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँड ९२ लाख ४६ हजार, सङ्घीय सरकारको सशर्त अनुदान २६ करोड ५२ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ लाख,सङ्घीय सरकारको समपुरक अनुदान १ करोड ३३ लाख, सङ्घीय सरकारको विशेष अनुदान १ करोड ६५ लाख, प्रदेश सरकारको समपुरक अनुदान ६० लाख, प्रदेश सरकारको विशेष अनुदान ४० लाख जुटाइने जनाइएको छ । समानीकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान परिचालन गर्दा नपुग हुने ९ करोड ८३ लाख ३६ हजार आन्तरिक आम्दानीबाट रहेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।
आगामी आर्थिक वर्षको क्षेत्रगत कार्यक्रमतर्फ कार्यालय संचालन गर्न १० करोड, शखागत १० करोड २७ लाख, वडागत ४ करोड ५० लाख, दायित्व÷साझेदारी ४ करोड २५ लाख गरी कुल २९ करोड २ रहेको भने सशर्तृ, समपुरक र विशेष अनुदान कार्यक्रमतर्फ ३० करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्त सम्म चालुतर्फ ७२ दशमलव ६९ प्रतिशत र पुँजीगत तर्फ ५२ दशमलव ९९ प्रतिशत गरी औषत ६७ दशमलव ३७ प्रतिशत प्रगति भएको छ ।

































































































































































































