बागलुङ । म्याग्दीको बेनी नगरपालिकाले रु ७१ करोडको बजेट सर्वाजनिक गरेका छ । आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि रु नगर उपप्रमुख ज्योति लामिछानेले रु।७१ करोड ८० लाख २७ हजार बजेट सार्वजनिक गर्नुभएको छ ।
मंगलबार आयोजित १७औँ नगर सभामा लामिछानेले चालुतर्फ रु ५४ करोड ९३ लाख ३० हजार र पूँजीगततर्फ रु १६ करोड ८६ लाख ९७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत बजेटमा संघीय समानीकरण अनुदान अन्तर्गत रु ११ करोड ६३ लाख, संघीय राजस्व बाँडफाँडबाट रु ९ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार र सवारी साधन कर बाँडफाँडबाट रु।एक करोड ८९ लाख ५३ हजार विनियोजन गरेको छ ।
संघीय सशर्त कार्यक्रमतर्फ रु ३७ करोड ४२ लाख, गण्डकी प्रदेशको सशर्त विशेष अनुदानतर्फ रु।एक करोड २ लाख, संघीय सरकारको सम्पूरक अनुदान रु ६५ लाख, विशेष अनुदान रु ६९ लाख र आन्तरिक आम्दानीतर्फ रु चार करोड ३३ लाख ५० हजार समावेश गरिएको छ ।
मालपोत रजिष्ट्रेशन बाँडफाँडतर्फ रु ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम पनि समेटिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी बताउनभुयो ।

































































































































































































