बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ को शुक्रबार प्रकाशित नतिजामा युएस एकेडेमीका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । परीक्षामा २२ जना विद्यार्थीको सहभागिता रहेको थियो । यस पटकको एसईई नतिजामा १३ जनाले विद्यार्थीले ए प्लस र ९ जना विद्यार्थीले ए ल्याएको विद्यालयले जनाएको छ ।
यस विघालयले निरन्तर शैक्षिक सुधार गर्नुको साथै विद्यार्थी मैत्री वातावरण भएकाले एसईई परीक्षामा अब्बल नतिजा ल्याएको युएस एकेडेमीका प्रिन्सिपल अशोक केसीले जानकारी दिनु भयो ।
युएस एकेडेमीमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन र अभ्यास हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्न थालेको युएस एकेडेमीका निर्देशक दलबहादुर थापाले बताउनुभयो ।



















































































































































































































