बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ को शुक्रबार प्रकाशित नतिजामा न्यू एभरेष्ट एकेडेमीका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विसं २०६२ सालमा स्थापना भएको यस विघालयमा भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरण भएकोले एसईईको नतिजा अब्बल आएको न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीले नयाँविश्वलाई जानकारी दिनु भयो । परीक्षामा १५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
परीक्षा दिएका मध्ये १५ जनाले विद्यार्थीले ए प्लस ल्याएको विद्यालयले जनाएको छ । यस विद्यालयका सबै विद्यार्थीले ए प्लस ल्याएर जिल्ला प्रथम हुन सफल भएको छ ।यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।



















































































































































































































