३ श्रावण २०८३, आईतवार

 

बागलुङ जिल्लामा प्रथम केआइइसी अन्तर विद्यालय एसएलसी फुटसल प्रतियोगिता हुने

बागलुङ । बागलुङ जिल्लामा प्रथम केआइइसी अन्तर विद्यालय एसएलसी फुटसल टुर्नामेनट हुने भएको छ ।

माध्यमिक तहसम्म अध्ययन गर्ने विद्यार्थी अर्थात कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्य नजर गर्दै केआइइसी बागलुङ शाखाको आयोजना, बागलुङ सम्पदा एण्ड अंकित स्पोर्ट, बागलुङ जेसीज, सुगल मोटर्स पार्टस र ग्रिन एण्ड चिलको सहयोगमा प्रतियोतिगा हुने भएको हो ।

साउन २ र ३ गते रसआवर फुटसल गुठीमा हुने प्रतियोगितामा सहभागीताका लागि १६ टिमले नाम टिपाएको केआइइसी बागलुङ शाखाका सन्तोष पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

प्रतियोगितामा बागलुङबाट ११, गल्कोटबाट २, कास्कीबाट १ र म्याग्दीबाट २ टिमले नाम टिपाएको पौडेलले बताउनुभयो ।

प्रतियोगिताबाट बिजेता बन्ने टिमले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा उपबिजेता बन्ने टिमले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।

विद्यागत उत्कृष्ट हुने खेलाडिलाई पनि पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । टिम दर्ता शुल्क ३ हजार रहेको उहाँको भनाई थियो ।

उत्कृष्ट बन्ने खेलाडिलाई केआइइसीले आइएल्स तथा पिटिइमा सत प्रतिसत र सहभागी खेलाडिलाई ५० प्रतिसत छुटमा पढाउने उहाँले बताउनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न १ लाख पचास हजार लाग्ने अनुमान गरिएको पौडेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनको संचालन पत्रकार रोहन जिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung