६ कार्तिक २०८३, बिहीबार

 

कुमारी बैंकद्वारा निवर्तमान ‘कुमारी’ शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

बागलुङ। कुमारी बैंकले विगत वर्षमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई हस्तान्तरण गरेको छ।

बैंकले प्रत्येक वर्ष वसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष १ लाखको दरले छात्रवृत्तिस्वरुप कोष खडा गरी सो रकम जम्मा गर्दै आएको छ।

छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।

सोही परम्परालाई निरन्तरता दिँदै बैंकले कोषमा जम्मा भएको ७ लाख ३८ हजार ८११.९५ छात्रवृत्तिस्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ।

हाल बैंकले ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित इकाइ तथा ३१७ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung