६ कार्तिक २०८३, बिहीबार

 

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्वारा आश्रमको महायज्ञलाई ३ लाख सहयोग

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-१ रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्वारा रु तीन लाख ११ हजार १ सय ११ सहयोग प्रदान गरेको छ ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरिएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।

उक्त रकम विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलन गरिएको विद्यालयले जनाएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २९ गते समापन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung