बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमीमा विश्व बाल दिवस मनाइएको छ । विद्यालयमा गठित बाल क्लबको आयोजनामा दिवस मनाइएको हो ।
दिवसको अवसरमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका बिच म्युजिकल चियर प्रतियोगिता र चेस प्रतियोगिता सञ्चालन गरिएको थियो ।
विद्यार्थीमा निहित अन्तर्निहित क्षमता प्रस्फुटन गर्ने र विश्व परिवेशसङ्ग परिचित गराउने हेतुले कार्यक्रम आयोजना गरिएको न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीले बताउनुभयो ।
प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम बाल क्लबका अध्यक्ष निश्चल अधिकारीको अध्यक्षता, छात्रा दिव्या गौतमको स्वागत एवं नगरबाल संजाल बागलुङका सचिव अनुशा कँडेलको संचालनमा सम्पन्न भएको थियो ।
बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष नोभेम्बर २० तारीकका दिन मनाइने यो दिवसले सम्पूर्ण बालबालिकाको हक अधिकारका लागि आवाज उठाउने काम गर्दछ । बालबालिकाहरुका आधारभुत आवश्यकताहरु पूरा गरी उनीहरुमा खुसियाली शान्ती र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस अन्तर्राष्ट्रिय स्तरमा मनाउन थालिएको हो ।


















































































































































































































