बागलुङ । बागलुङ नगर क्षेत्रका जीर्ण सडक मर्मत तथा खाल्टाखुटी मुक्त गर्न थालिएको छ ।
नगरपालिको अहिले धमाधम सडक स्तरोन्नति, पुराना सडकको खाल्टाखुल्टी टाल्ने काम गरिरहेको छ भने देउरालीचोक देखि कनिाराटोलसम्मको सडक ढलान गरिरहेको छ ।
बागलुङ नगरपालिकाले नगर भित्रका पाँच वटा साना सडक कालोपत्र र ढालन गर्ने अभियान अन्र्तष्त खाल्टाखुल्टी टाल्नेकाम भइरहेको छ । अहिले ट्राफिक चोकदेखि दुरसञ्चार हुँदै अस्पताल रोडसम्मको सडकको मर्मत सहित कालोपत्र गरिएको छ ।
यस्तै धौलागिरी चोकदेखि मरेपिपलसम्मको सडक पुरै कालोपत्र गरिएको छ । यस्तै बुद्धचोकदेखि हल्लनचोकसम्मको सडक कालोपत्र सम्पन्न गरिएको छ ।
यस्तै निकै पुरानो सडकको रुपमा रहेको देउराली चोकदेखि किनाराटोलसम्मको सडक ढलान कार्य अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ ।
यस अघि नगरपालिकाले बागलुङ नगरपालिका–४ उपल्लाचौरको आर्मी व्यारेकदेखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र र बागलुङ नगरपालिका–६ स्थित चसेपानीमा सडक ढलान सम्पन्न भइसकेको छ भने बागलुङ बजारका मुख्य सडकका खाल्टाखुल्टी कालोपत्र गरेर टालिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले जानकारी दिनुभयो ।
घर्तीले पुन सहायक सडकका खाल्टाखुल्टी टाल्नका लागि रु। एक करोडको ठेक्का खोल्ने तयारीमा नगरपालिका जुटेको बताउनुभयो ।
नगरपालिकाले अहिले सम्म चालु आर्थिक वर्षमा रु।एक करोड ८ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रको खाल्टाखुल्टी सडक मर्मत सम्पन्न गरिरहेको छ ।
२०८२ वैशाखमा लिला निर्माण सेवासंग बागलुङ नगरपालिकाले सम्झौता गरी ९० प्रतिशत भौतिक प्रगति गरेको सोबिन घर्तीले जानकारी दिनुभयो ।
नगरपालिकाले बजार क्षेत्रमा वर्षेनी करोडौ लागतमा सडक मर्मत तथा कालोपत्र गर्दे आएपनि नाली साँघुरो हुँदा वर्खामा सडक बिग्रने गरेको छ । विश्वबैंकको सहयोगमा मुख्य सडकको नाली भूमिगत गर्ने तयारीका लागि नगरपालिकाले डिपिआर गरिरहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले बजार सुन्दर बनाउनका लागि सडकका खाल्टाखुल्टी मर्मत गरेर सडक चिटिक्क बनाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । श्रेष्ठले रातीमा उज्यालो बजार देखाउनेगरी ठूलो विद्युतीय लाईट जडानका लागि पोल गाडिरहेको जानकारी दिनुभयो ।













































































































































































































