बागलुङ । ताराखोला गाउँपालिका-३ हिलस्थित हरि माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई फेरि भेटौँला कार्यक्रम आयोजना गरेको छ । एसईई परीक्षाको तयारी गरेका कक्षा १० का १० जना विद्यार्थीहरुलाई कार्यक्रम गरेर शुभकामना व्यक्त गरिएको हो ।
कार्यक्रममा हरि माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि पौडेलले एसईई परीक्षाको राम्रो तयारी गर्न, उत्कृष्ठ नतिजा ल्याउन कठोर मेहनत र लगनशिल भएर अध्ययन गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षक यादव परियार, कक्षा ९ का विद्यार्थी रिमा रोका र कक्षा १० का विद्यार्थी समुद्र मल्लले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम हरि माध्यमिक विद्यालयका विद्यार्थी खेमन बगालेको अध्यक्षता र शिक्षक शिव निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
विसं २०१९ सालमा स्थापना भएको यस विघालयमा भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरण भएकोले धेरै विद्यार्थी र अभिभावकको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।













































































































































































































