५ असार २०८३, शुक्रबार

 

कक्षा १२ को विज्ञान समूहमा विद्यामन्दिर माविको उत्कृष्ट प्रदर्शन, सबै विद्यार्थी उत्तीर्ण

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले कक्षा १२ को विज्ञान समूहको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा विज्ञान समूहमा सतप्रतिसत नतिजा ल्याएका छन् ।

विज्ञान समूहमा ८९ जना विद्यार्थीहरुले परीक्षा दिएको विद्यामन्दिर माविका विज्ञान ईन्चार्ज कृष्ण गौतमले जानकारी दिनुभयो ।

साथै विद्यार्थीले व्यवस्थापन, शिक्षा र मानविकी समूहमा राम्रो नतिजा ल्याएका छन् । ८९ जना विद्यार्थीहरुले परीक्षा दिएको विद्यामन्दिर माविका विज्ञान ईन्चार्ज कृष्ण गौतमले जानकारी दिनुभयो ।

कक्षा १२ को परीक्षामा कुल ३ सय ३८ जना विद्यार्थी सहभागी भएका थिए ।

१९९७ सालमा स्थापना भएको यस विद्यालयमा विद्यार्थी मैत्री वातावरण भएकाले कक्षा १२ को परीक्षामा अब्बल नतिजा ल्याएको विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मीले नयाँविश्वलाई जानकारी दिनु भयो ।

यस विद्यालयमा सृजनात्मक र प्रयोगात्मक अभ्यासबाट अनुशासित वातावरणमा दक्ष तथा अनुभवि शिक्षकद्वारा अध्यापन हुने र विगतका वर्ष देखि विद्यालयमा उत्कृष्ट नतिजा आएकोले अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको विहानी ईन्चार्ज कुलराज शर्माले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung