१९ बैशाख २०८१, बुधबार

 

साना उद्योगलाई समृद्धिको आधार बनाउन प्रदेश उद्योगमन्त्रीको आग्रह

काठमाडौं । सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । एक नम्बर प्रदेशका मन्त्री कुशियतले साना उद्योगहरू नै मुलुकको आर्थिक समृद्घिको मुख्य आधार बन्न सक्ने बताए ।

प्रदेश नं.१ सरकार साना उद्योग तथगा धन्दा सञ्चालन गरेर नागरिकको आय स्तरमा बृद्धि गर्न केन्द्रित रहने उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धनका लागि स्थानीय निकाय, प्रदेश सरकार र केन्द्र सरकारले खेल्नुपर्ने भुमिकाका विषयक छलफलमा साना उद्योग प्रतिको धारणा व्यक्त गरेका हुन् ।

मुलुकको संविधानकै मूलमर्म समृद्घि भएको भन्दै उहाँले अबको प्रमुख काम भनेकै आर्थिक,सामाजिक,राजनीतिक र सांस्कृतिक रुपले समृद्घि भएकोमा जोड दिए । समृद्घिका लागि आफैसँग भएका स्रोत साधनको खोजी गर्न आवश्यक रहेको उनको आग्रह थियो । स्थानीय स्रोत साधनमा आधारीत लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्घनबाट मात्रै समृद्घि सम्भव भएको बताए । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले संसदद्वारा हालै पारित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन संशोधन र एकिकरण विधेयकमा लघु उद्यम तथा घरेलु उद्योग लगायत कृषि तथा कृषिसँग सम्बन्धित उद्योग, मत्स्यपालन, मौरीपालन तथा डेरी उद्योगमा समेत विदेशी लगानी खुला गरिएको जानकारी गराए ।

यसले मौलिक पहिचान भएका लाखौं स्वदेशी उद्योगहरुलाई धाराशायी पार्ने भएकाले हाम्रा मौलिक पहिचान भएका बस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योगमा विदेशी लगानीको प्रावधानलाई हटाउनुपर्ने तर्फ जोड दिए । लघु, घरेलु तथा साना उद्योग दर्ता तथा नविकरण गर्ने अधिकार पालिकालाई दिने र प्रदेश सरकारले विभिन्न स्कीम बनाई यसको विकास र प्रवद्र्धनका लागि पहल गर्नुपर्ने उनको योजना छ ।

स्वदेशी वस्तुको बजार पहुँचको दायरालाई फराकिलो बनाउन भारत सरकारले समेत सार्वजनिक खरीद प्रक्रियामा २५ प्रतिशतसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्था गर्नै नियम बनाउन आवश्यक रहेको उनले बताए । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकामा व्यवस्था गरेर १५ प्रतिशतसम्म महंगो भएपनि उपलव्ध भएसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्थालाई सवै तहका सरकारले कार्यन्वयन गर्न ध्यान दिनु पर्नै उनको धारणा छ ।

उद्योग व्यवसायको क्षेत्रमा विभिन्न वहानामा गरिने तोडफोड, हत्या, विस्फोट जस्ता घट्नालाई निस्तेज गर्न आवश्यक छ । महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवं नियमित रुपमा परिमार्जित गर्न आवश्यक रहेको औल्याए ।

प्रतिक्रिया दिनुहोस्