२६ बैशाख २०८१, बुधबार

 

बागलुङमा आगालागीमा परी एक जनाको मृत्यु, २ जना घाइते, ७ घरगोठ जले

 बागलुङको तमानखोला गाउँपालिकास्थित वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहानदेखि फैलिएको डढेलो बस्तीतर्फ फैलिँदै गर्दा नियन्त्रण गर्न गएका तमानखोला गाउँपालिका -२ का ४८ वर्षीय देवसिंह कामीको आगोमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

प्रहरीका अनुसार डढेलो नियन्त्रण गर्ने क्रममा सिल्गुमकै ३१ वर्षीय ज्ञानबहादुर बुढा र ३३ वर्षीय प्रेमबहादुर घर्ती घाइते भएका छन् । घाइते दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको शरीरका विभिन्न भागहरु जलेको छ ।

साथै, सोही डढेलोले तमानखाेला गाउँपालिका २ सिल्गुमका रामबहादुर कार्कीको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानीयका अनुसार साही ठाउँका सूर्यबहादुर श्रीपालीको पनि घर र गोठ पनि डढेलोले जलेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विजय यादवका अनुसार डढेलोका कारण ढोरपाटन नगरपालिका -३ गुजाका खगेन्द्र विकको घर र गोठ पूर्ण रुपमा जलेको छ । साथै सोही ठाउँका ढालबहादुर पुनको पनि घर जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक यादवको भनाइ छ ।

 

बागलुङमा आगालागीमा परी एक जनाको मृत्यु, २ जना घाइतेसहित ७ घरगोठ जले
काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकास्थित वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहानदेखि फैलिएको डढेलो बस्तीतर्फ फैलिँदै गर्दा नियन्त्रण गर्न गएका तमानखोला गाउँपालिका -२ का ४८ वर्षीय देवसिंह कामीको आगोमा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

प्रहरीका अनुसार डढेलो नियन्त्रण गर्ने क्रममा सिल्गुमकै ३१ वर्षीय ज्ञानबहादुर बुढा र ३३ वर्षीय प्रेमबहादुर घर्ती घाइते भएका छन् । घाइते दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको शरीरका विभिन्न भागहरु जलेको छ ।

साथै, सोही डढेलोले तमानखाेला गाउँपालिका २ सिल्गुमका रामबहादुर कार्कीको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानीयका अनुसार साही ठाउँका सूर्यबहादुर श्रीपालीको पनि घर र गोठ पनि डढेलोले जलेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विजय यादवका अनुसार डढेलोका कारण ढोरपाटन नगरपालिका -३ गुजाका खगेन्द्र विकको घर र गोठ पूर्ण रुपमा जलेको छ । साथै सोही ठाउँका ढालबहादुर पुनको पनि घर जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्