३१ बैशाख २०८१, सोमबार

 

धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठ प्रहरी नियन्त्रणमा

बागलुङ । धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथीलाई अवद्र व्यवहार गरेको आरोप लागेका अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डा. प्रधानले अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले आफुलाई कार्यकक्षमै हातपातको प्रयास गरेको भन्दै कारवाहीको माग गर्दै प्रशासनमा उजुररी गरेका थिए ।

डा. प्रधानले दिएको निवेदनका आधारमा श्रेष्ठलाई आईतबार नियन्त्रणमा लिएको हो । सोधपुछका लागि भन्दै श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनु भयो ।

श्रेष्ठले भने बिना पक्राउ पुर्जी आफुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्