२ जेष्ठ २०८१, बुधबार

 

कालिका भगवती गुठीको चैत महिनाको हिसाब सार्वजनिक

बागलुङ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।

कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत चैत महिनामाको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हो ।

कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकमा चैत महिनामा ३७ लाख ९२ हजार २ सय ९ रूपैयाँ आम्दानी र खर्च तर्फ ३७ लाख ५४ हजार ८ सय ८० रूपैयाँ भइ ३७ हजार ३ सय २९ रूपैयाँ बचत भएको हिसाब अनुमोदन गरेको छ ।

चैत महिनामा कालीका मन्दिर बाट भेटि बापत २३ लाख ४९ हजार ३ सय ३५ रूपैयाँ चामल बिक्री बाट ८६ हजार १ सय रूपैयाँ ,बोका बाट १ लाख ३३ हजार ६ सय ५० रूपैयाँ ,कुखुरा बाट १२ हजार १ सय ,राँगा बाट ६ हजार ४ सय ,भाडा ३ लाख १४ हजार ४ सय ,विवाह बाट २५ सय पिकनिक बाट २ हजार आर्थिक सहयोग १ लाख २४ हजार ३ सय ६४ रूपैयाँ परेवा बिक्री बाट ७ लाख ४२ हजार ७ सय ५० रूपैयाँ ब्रतबन्ध ६ हजार ६ सय रूपैयाँ पण्डित १२ हजार रूपैयाँ आम्दानी भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै खर्च तर्फ स्टेशनरी ११ हजार १ सय ४० तलब ४ लाख ९ हजार रूपैयाँ बिधुत २८ हजार अतिथि सत्कार ६४ हजार आर्थिक सहयोग १९ हजार ७ सय ४० पुर्वाधार विकास तथा निर्माण १६ लाख २९ हजार ,८ सय पोशाक छपाई तथा वितरण ३६ हजार ३ सय मेसिन तथा उपकरण खरिद २७ हजार ५ सय खाध्यान्न तथा आवास ६६ हजार ९ सय विज्ञापन ६ हजार फर्निचर तथा सजावट २ लाख ७१ हजार सांस्कृतिक कार्यक्रम तथा भजनमा १८ हजार ५ सय रूपैयाँ खादा तथा माला ८१ हजार चैत्राष्ठमी मेला १० लाख खर्च भएको कोषाध्यक्ष खड्काले बताए ।

कालीका गुठी ब्यवस्थापन समिति बागलुङले हरेक बर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दशै मेला आयोजना गर्दै आएकोमा यसपटक यहीँ चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म मेला भब्य र सभ्य रूपमा सम्पन्न भएको कालीका भगवती गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

कालीका कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता ,खुला लोक दोहोरी गीत ,ठेलो प्रतियोगिता ,बिद्यालय स्तरीय नृत्य प्रतियोगिता ,रमाइलो मेला ,रथ यात्रा ,डौड प्रतियोगिता ,
स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका कार्यक्रम गरेर मेला सफल बनाएको प्रेस सल्लाहकार राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्