१ जेष्ठ २०८२, बिहीबार

 

कालिका मन्दिरले ग¥यो असोजमा मात्रै २७ लाख आम्दानी

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा असोज महिनामा जम्मा २७ लाख २५ हजार ७ सय ६६ रुपैयां संकलन भएको छ । यो महिनामा भेटी १३ लाख ५६ हजार १ सय ५० रुपैयाँ, आर्थिक सहयोग १ सय १२ जनाबाट २२ हजार १ सय १२ रुपैयाँ, चामल बिक्री २ सय ७५ पाथिबाट ५५ हजार रुपैयाँ, बोका मुढ विक्री ४ सय ८७ बाट ३ लाख ५७ हजार ७ सय ४३ रुपैयां, कुखुरा मुढ विक्री ६ सय ९१ बाट ३० हजार ४ सय ४५ रुपैयाँ, तेल विक्री २८ पोका १ हजार ४ सय रुपैयाँ, राँगो मुढ विक्री १२ बाट ९ हजार ६ सय ५० रुपैयाँ, परेवा विक्री २ हजार ९३ जोडीबाट ८ लाख ३७ हजार २ सय रुपैयाँ, सिक्का सटही २९ हजार १ सय ६६ रुपैयां, बोका विक्री २ वटा १२ हजार रुपैयाँ, कपडा विक्री ३१ सय तथा अन्य ११ हजार ८ सय रुपैयाँ जम्मा हुन आएको कालिका भगवती गुठीले जनाएको छ ।

असोज महिनामा बडादशै परेकाले कालिका भगवती मन्दिरको आयस्थामा केही वृद्धि भएको छ । यसै गरी १ तोलाको चादीको मूर्ति, ४ तोलाको चादीको बेली, ५० ग्रामको चादी छाप्री, ३ थान खुडा चढेका छन । असोज महिनामा बागलुङ कालिका भगवती मन्दिरमा जम्मा ४४ वटा बिवाह सम्पन्न भएकोमा सो बाट जम्मा रु २२ हजार रुपैया जम्मा भएको छ ।

यसै गरी ब्रतबन्ध ३ बाट ९ सय, तथा पिकनिक ८ समूहबाट ३ हजार १ सय तथा बिद्युतबाट २ सय गरी जम्मा २६ हजार २ सय थप आम्दानी भएको छ । असोज महिनामा जम्मा रु २ लाख ६९ हजार ८ सय ६६ रुपैयां खर्च भएको छ ।

खर्चको बिवरण अनुसार खाद्यान्न २३ हजार १ सय २६ रुपैयां, सरसफाई सामाग्री ८ हजार ४ सय ७६, बिद्युतीय सामाग्री २० हजार ८०, अविर १९ हजार, रङ्गरोगन १ लाख २९ हजार १ सय २८ कपडा(झल्लर,चदुवा पूजा कपडा) ५६ हजार ३ सय ७५, पराल चप्पल ६ सय ५०, प्लाष्टीक सामाग्री ५ हजार ६ सय ७१, तामाआरी ५ थान ८ हजार ३ सय ६० रुपैयां खर्च भएको ५ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung