
करदाता सेवा कार्यलय बागलुङको आयोजना तथा निमार्ण व्यवसायी संघ बागलुङको संयोजनमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमबार बागलुङमा सम्पन्न भएको छ ।
करदाताले किन र कसरी कर तिर्नु पर्छ भन्नेबारे जानकारी दिन कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै सहायक जिल्ला अधिकारी नारयण पाण्डेले राज्यलाई कर तिर्नु नागरिकको दायित्व भएको वताए ।
कार्यक्रममा सहजिकरण करदाता सेवा कार्यलय बागगलुङका प्रमुख सूर्यप्रसाद चाँपागाई गरेका थिए । निमार्ण व्यवसायी संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लोकेन्द्र केसी ले गरेका थिए । साथै कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।