२२ असार २०८२, आईतवार

 

आत्म निर्भर बन्ने योजना बुन्दै ताराखोला

बागलुङ जनयुद्धमा भूमिगत र सेनामा सक्रिय प्रकाश घर्ती गत बैसाखमा ताराखोला गाउ“पालिकाको अध्यक्षमा चिर्वाचित भए । युद्धकलाबाट आएका घर्तीले अध्यक्ष भएपछि गाउँपालिकालाई पनि युद्धस्तरमै परिवर्तन गर्न खोजेका छन् । पहिलो आर्थिक वर्षभित्र २० लाख ७५ हजार राजश्व संकलन गर्दै ५ वर्षभित्र आत्म निर्भर बनाउने उनको योजना छ । त्यसकालागि गाउ“मै बसेर दिर्घकालिन र तात्कालिक योजना बनाउने र कार्यान्वयन गर्नेमा उनी व्यस्त छन् । कृषिको बढी संभावना भएकोले उनले ७ हजार हेक्टर जमिनमा व्यवसायिक अलैंची खेतीकालागि किसानलाई अगाडि सारेका छन् । प्राविधिक परिक्षण सकेर बिउको खोजीमा लागेको उनले बताए ।

पशुपालन, आलुखेती बिस्तार उनको अर्को योजना हो । ताराखोलाको आलु धौलागिरी अञ्चलभर प्रख्यात छ । केही किसानले बुटवल लगेर विक्री गरिरहेकाछन् । ‘दुर्गम भएकोले सहज यातायात बिना अन्य काम गर्न सकिंदैन भनेर सडकको काममा बढी केन्द्रीत छु’ घर्तीले भने, ‘१५ किमीको शहिद मार्ग, केही रणनीतिक मार्ग र पक्की पुलको डिपीआर बनेको छ ।’ रिजालचोक देखि ताराखोला हु“दै म्याग्दी जोड्ने सकड पक्की बनाउन उनले पहल थालेका हुन् । डिपिआर सहितको योजना अर्थ मन्त्रालयमा पुगेको उनले बताए । रिजालचोक माझखर्क सडक ग्राभेल गर्न १ करोड ७५ लाख रुपैया“मा ठेक्कामा गइसकेको छ ।

घुस्मेली स्थित ताराखोलामा पक्की मोटरेवल पुल निर्माणको काम शुरु भएको छ । गाउ“ विकासको दिर्घकालिन योजना सहित पाश्र्वचित्र तयार गरिएको उनले बताए । गाउ“पालिकामा ४ महिना देखि कार्यकारी अधिकृत छैनन् । निमित्तको काम गर्ने खड्गबहादुर थापाले अध्यक्षको योजनामा साथ दिइरहेको बताए । दरवन्दी अनुसार ईन्जिनियर नपाएको, शिक्षा हेर्ने कर्मचारी अझै आईनपुगेको उनको गुनासो छ । एकजना आईटी इन्जिनियर र एकजना भूकम्प प्रभावितको अध्ययन गर्ने प्राविधिक भने आएर काम थालेको उनले बताए ।

स्थानीय लगानीमै यहा“ सा“ढे दुइ मेगावाटको विद्युत उत्पादन भएको छ । लगानी पाएमा १० मेगावाट सम्म गाउ“मै विद्युत उत्पादन गर्न सकिने गरी सर्भे गरिएको छ । ताराखोलामा ढुंगा खानी धेरै छन् । पोखरा लगायतका शहरका घरमा लगाउने ढुंगा ताराखोलाका उत्पादन हुन् । ती ढुंगा निकासीमा गाउ“पालिकाले कर लिन थालेको छ । त्यस्तै जडिवुटी, काठ र स्थानीय अन्य उत्पादनको निकासीमा पनि करको दायरा तोकिएको छ । पर्यटकीय दृष्टीले आर्कषक मानिएको गाईघाट झरनामा प्रति व्यक्ति ३० रुपैया“ टिकट काटेर मात्र हेर्न पाउने व्यवस्था शुरु भएको छ । खोलाको झरनालाई शुल्क तिरेर हेर्ने व्वस्था गरिएको यो नेपालकै नमूना भएको छ ।

यस अघि सार्वजनिक रुपमा हेर्न पाईने झरनालाई अझै व्यवस्थित बनाएर कर लिन थालिएको घर्तीले बताए । यो अभियानलाई राजनीतिक रंग नदिईकनै धेरैले साथ दिन थालेका छन् । ‘काम गर्ने विषयमा राजनीतिक कुरा गरेको छैन, सबैलाई ५ वर्षमा धनी बनाउने योजना छ’ घर्तीले भने, ‘कृषि, पशुपालन, अन्य व्यवसाय जस्तो काम गरेर पनि खाडीमा जानेले भन्दा धेरै कमाउने बनाउनु परेको छ ।’ गाउ“का युवा गाउय“मै फर्कने वातावरण बनाउने उनले प्रतिबद्धता पनि जनाएका छन् ।

भारतको नाकाबन्दीले सदरमुकाममा असर पर्दा यो गाउ“मा स्थानीयले आफ्नै पौरखले जीवन गुजारा गरेका थिए । यहा“ गेडागुडी, तरकारी, दूध, मासु, काठ, ढुंगा, जडिवुटी लगायतका धेरै उत्पादन हुने गर्छ । सर्वदलीय र अभिभावक समेतको भेलाले गाउ“मा नीजि विद्यालय खोल्न रोक लगाएको छ । ‘सामुदायिक विद्यालयलाइ नियमित र गुणस्तरयुक्त बनाएर नीजिलाई विस्थापित गरेका हौं’ गाउ“ शिक्षा समितिका अध्यक्ष धनबहादुर विकले भने, ‘सबै विद्यालयमा अंग्रेजी विषय समेत राख्दै गएका छौं ।’

ताराखोलामा रसायनिक मल भित्रन छाडेको ४ वर्ष भैसक्यो । ‘सबैभन्दा धेरै आलु र तरकारी उत्पादन गरिने भएकोले हामीले रसायनिक मल प्रयोगमा रोक लगाएका हौं’ विकले भने,‘भकारो सुधार गरेर पशुको पिशाव संकलन समेत गरेका छौं, त्यसबाटै किटाणु मार्न प्रयोग गर्छौं ।’ जिल्लाको कुल उत्पादनको ५० प्रतिशत आलु ताराखोलामा उत्पादन हुन्छ । हरेक वर्ष कम्तिमा ८ हजार मेट्रिकटन आलु उत्पादन भैरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।

ताराखोलाका कुनैपनि घरमा जस्तापाता प्रयोग गर्न पाइदैन । स्थानीय रुपमा ढुंगा प्रसस्त उत्पादन हुने भएकोले ताराखोलाका सबै घर ढुंगाले छाउनुपर्छ । ‘धेरै वर्ष पहिला केहीले छाएका घर भएपनि हामीले जस्तापाता भित्रन रोक लगाएका छौं’ स्थानीय दयाराम पुनले भने, ‘आफ्नै उत्पादनले खान र बस्न पुग्छ भन्ने यो उदाहरण हो ।’ महिला समूहमा परंपरागत भा“ग्रो संरक्षण र अल्लोका कपडा उत्पादन पनि गाउ“मै शुरु भएको छ ।

‘जिल्लामै कुनैपनि खाद्यान्न र तरकारी किनेर खानु नपर्ने गाउ“ ताराखोला हो’ वडा सचिव तेजराज गौतमले भने, ‘बढी भएको फसललाइ विक्रिगर्न स्थानीय सहकारीले पहल गर्छ ।’ आलु, बोडी, भट्ट, सिमी, राजमा, च्याउको सुकुटी, क्वाटी, केराउ, मस्यौरा, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय चामल ताराखोलाका उत्पादन हुन् ।

ताराखोलाबाट दैनिक पा“च वटा जीप र दुइ ट्रयाक्टर मार्फत स्थानीय उत्पादन बजारमा नियमित निर्यात हुने गर्छ । ‘आलु, भा“गो, मुला, तरकारी, टिमुर, गेडागुडी, सिस्नो पाउडर, च्याउ जस्ता बस्तु ताराखोलाकै उत्पादन धेरैछ’ स्थानीय महेन्द्र घर्तीले भने, ‘विक्रिको ग्यारेन्टी र सहज पहु“च भैदिए धेरै किसानले उत्पादन बढाउन सक्छन् ।’ यकिन तथ्यांक नभएपनि गाउ“मा भारतीय सामानको निर्भरता कम भएको छ ।

परंपरागत रुपमा डोको, नाम्लो, राडीपाखी लगायतका सामाग्री पनि गाउ“लेले बनाएर विक्रि गरिरहेका छन् । हरेक साता सरसफाइ अभियान गरेका गाउ“लेले टोलटोलमा फोहोर संकलन केन्द्र बनाएका छन् । विद्यालय तहमा प्लाष्टिक र जंगफुड प्रयोगमा रोक लगाएपछि सरसफाइमा पनि नमूना बन्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung