प्रतिनिधि सभा सदस्य बागलुङ क्षेत्र नम्बर २ का संसाद देवेन्द्र पौडेलले देशको आर्थिक विकासका लागि सवै एक जुट भएर लाग्नु पर्ने बताएका छन । आईतबार ग्लोबल आइएमइ बैंक बुर्तिबाङ शाखाको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन । 
उनले देशमा २०७२ को महाभूकम्प र वर्षाको समयमा भिविन्न स्थानमा गएको बाढी पहिरोले आर्थिक बृद्धिलाई असर पु¥याएको भन्दै उनले ढोरपाटन नगरपालिकामा धेरै विकासको सम्भावान रहेको र यहाँको कृषि, पर्यटन, पशुपालनमा बढी जोड दिन सके धेरै आयातित वस्तुमा भरपर्न नपर्ने बताए । त्यस्तै नेपालको एक मात्र शिकार आरक्ष ढोरटन शिकार आनरक्षलाई बढी भन्दा बढी प्रचारप्रसार गर्ने सके ढोरपाटनवासी अरुमा धेरै भर पर्न नपर्ने बताए ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्दीय उपाध्यक्ष तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले ढोरपाटन नगरपालिको हरेक विकासको लागि आफु हरदम लागि पर्ने बताए । यस क्षेत्रका जनताको आवश्यकतालाई मध्यनजर गर्दै निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पनि यस बैंकको सेवा विस्तार गर्ने बताए । ढकालले व्यवसायीहरुलाई बैंक र बैंक एक अर्कामा अभिन्न अङ्गका भएको बताए ।
त्यसैगरी कार्यक्रममा बागलुङ क्षेत्र नम्बर २ का संसाद टेक बहादुर घर्तिले तमानखोला र निसीखोला गाउँपालिकामा यस बैंकको शाखा स्थापना गररे र त्यस क्षेत्रका जनतालाई बुर्तिबाङ धानउनबाट मुक्त गराउनु पर्ने बताए । निसीखोलाको भल्कोट र ढोरपाटनको बोबाङबाट १० हजार बैंकमा निकाल्न आउँदा ५ हजार बाटो मै सकिने हँुदा त्यस क्षेत्रमा बैंकको आवश्यक रहेको बताए । घर्तीले फरक प्रसंगमा बोल्दै चुनाबमा यस क्षेत्रका जनताले मत जिताएर आफुलाई गह्रो भारी बोकाएको यो भारीलाई सम्बन्धित स्थानमा लगेर बिसाउने बताए ।
त्यसैगरी ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले ढोरपाटन नगरपालिका सम्भावना नै सम्भावना भएको क्षेत्र भएकाले यसको विकास गर्न आर्थिकको खाँचो परेको बताए । उनले समग्र ढोरपाटनको विकासका लागि आफुले धेरै प्रयत्न गरेको बताए । यस क्षेत्रको विकासका निम्ती व्यापारी, उद्यमी लगाएत सम्पूर्ण नगारिक लाग्नु बर्ने बताए । सबै व्यावसायीहरुलाई बैंक र बैंकलाई व्यवसायीको आवश्यक पर्ने बताए ।
त्यस्तै बागलुङ गद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले प्रत्यक स्थानीय तहमा बैंकको आवश्यक रहेको बताए । उनले सबै क्षेत्रमा बैंक पु¥याउन सकिए हरेक क्षेत्रको विकास हुनेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, उपभोक्त मंच बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बुर्तिबाङ उद्योग वाणिज्यका अध्यक्ष चिन्तामणि शर्मा, निजी तथा आवासिय संघका अध्यक्ष रामप्रसाद शर्मा, पत्रकार राम सुवेदी लगाएतले मनतव्य राखेका थिए ।
यो बैंक गत बैशाखमा स्थापना भै यहाँका जनतालाई सेवा दिदै आए र अहिले मात्रै उद्घाटन गरेको बैंकका शाखा प्रबन्धक जीतबहादुर गुरुङले जानकारी दिए । कार्यक्रमको प्रतिनिधि सभा सदस्य सांसद देवेन्द्र पौडेलले रिबन काटेर उद्धघाटन गरेका हुन ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना, उद्योग वाणिज्य संघ बागलुङका निवर्तमान अध्यक्ष युबराज राजभण्डारी, उद्योग वाणिज्य संघ बागलुङका सदस्य राजन श्रेष्ठ लगाए विभिन्न पार्टी, पत्रकार, बुद्धिजिबी लगाएतको उपस्थिती रहेको कार्यक्रम हेमन्त शर्माले संचालन गरेका थिए ।













































































































































































































