२१ असार २०८२, शनिबार

 

एप्पलले ३८ अर्ब डलर कर तिर्ने

विश्व प्रसिद्ध सुचना प्रविधि कम्पनी एप्पलले ३८ अर्ब डलर कर तिर्ने भएको छ । अमेरिकी कर नियममा आएको परिर्वतन लगत्तै एप्पलले यो परिमाणको कर तिर्न लागेको हो । अमेरिका बाहिर राखेको २ सय ५० अर्ब डलरको नगदबाट एप्पलले यो कर तिर्न लागेको कम्पनीले जनाएको छ ।

यो कम्पनीले अमेरिकामा २० हजार नयाँ रोजगारी सिर्जना गर्ने योजना पनि अगाडि सारेको छ । एप्पलले अमेरिकामा ८४ हजारलाई रोजगारी दिएको छ । कम्पनीले नयाँ परिसरको निर्माण गर्ने र आगामी ५ वर्षको अवधिमा अमेरिकी अर्थतन्त्रमा ३ सय ५० अर्ब डलर भन्दा बढीको योगदान गर्ने योजना बनाएको छ ।

प्रमुख कार्यकारी टिम कुकले भने ‘एप्पलले यस्तो लगानीको क्षेत्रमा ध्यान केन्द्रीय गरेको छ,’ जसले रोजगारी सिर्जनामा प्रत्यक्ष प्रभाव पार्नेछ । कम्पनीले यो वर्ष आन्तरिक वितरक र म्यानुफ्याक्चररको माध्यमबाट ५५ अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको छ । अमेरिकाको ७ वटा राज्यमा कम्पनीको डेटा केन्द्र रहेको छ ।

आगामी पाँच वर्षमा यी डेटा सेन्टरमा कम्पनीले १० अर्ब डलरभन्दा बढी खर्च गर्ने योजना बनाएको छ । एप्पलले सुरूमा २०१८ मा १६ अर्ब डलरको पुँजीगत खर्चको योजना बनाएको थियो । यो अधिल्लो वर्षको १५ अर्ब डलरको तुलनामा बढी हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung