३२ असार २०८२, बुधबार

 

पर्वतका सन्दीप पौडेलले जिते १८ लाखको कार

पर्वत कुस्माका सन्दीप पौडेलले १८ लाखको कार हात पादैँ छन् । स्वास्थ परिक्षणका लागि माघ ४ गते पोखरा गएका उनि पोखरा पुग्दा पोखरा प्रदर्शनी केन्द्रमा औद्योगिक ब्यापार मेला जारी थियो र मेलामा टिकट काट्नेलाई हुन्डाइ कम्पनीको १८ लाख रुपैयाँ मूल्य पर्ने इवन कार बम्पर उपहार राखिएको थियो ।उनका आफन्त पोषण अधिकारीले मेला हेर्न पृथ्वीचोकको अस्पतालमा उपचार गराउँदै आएका सन्दीपको लागि विद्यार्थी सहुलियत ४० रुपैयाँको टिकट काटे भने आफूले ६० रुपैयाँ पर्ने टिकट काटे । दुवै टिकट सुरक्षित उनले राखे ।

पोषणले ४ गते नै मेला हेरेर फर्के भने मिर्गौलामा पत्थरी भएका सन्दीपलाई पिता नारायणप्रसाद पौडेलले माघ ५ गते पनि मेला हेर्न लगे । सन्दीपको टिकट नम्बर ०५४८९२ थियो र त्यही नम्बर नै उनको लक्की नम्बर बन्न पुग्यो । मेलाको अन्तिम दिन खोलिएको बम्पर उपहार स्वरुप तीनै उपचार गराउन आएका सन्दीपले १८ लाखको कार हात पार्न सफल भए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अर्का पत्रकार टंक अधिकारी, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, उच्च अदालत पोखराका बार एसोसिएसनका अध्यक्ष दयाराम गौतम, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंह, पोखराका मेयर मानबहादुर जिसीले एकपछि अर्को गर्दै अंकहरु निकाल्दा बालकको नाममा रहेको ०५४८९२ नम्बर नै लक्की नम्बर भएको घोषणा भएको थियो ।

पवर्तको नमुना आवासीय मावि कुस्मामा कक्षा ९ मा पढ्दै गरेका १५ वर्षीय सन्दीपले पनि आफ्नो टिकट नम्बर हेरे । सञ्चार माध्यममार्फत सार्वजनिक गरिएको नम्बरसहितको टिकट उनीसँगै थियो । तत्काल उनले आफ्ना पितालाई फोन गरे । पिता नारायणप्रसाद बुधबार टिकटसहित पोखरा उद्योग वाणिज्य बाणिज्य संघ आएपछि उनले लिएको टिकट र अर्धकट्टी भिडाइयो ।

संघका अध्यक्ष विश्वशंकर पालिखे, कोषाध्यक्ष पवनकुमार प्रजापती, टिकट व्यवस्थापन उपसमितिका संयोजक प्रेमबहादुर भुजेल, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा संघमा सुरक्षित अर्धकट्टी र टिकटलाई भिडाएर प्रमाणित गरेपछि सन्दीप नै बिजेता भएको घोषणा गरिएको थियो । संघले उनलाई आउँदो आइतबार कार्यक्रममार्फत कार हस्तान्तरण गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung