प्रभु बैंक लिमिटेड गलकोटले गलकोट नगरपालिका–८ मा रहेको जनजागृती माध्यमिक विद्यालयलाई ५५ हजार मूल्य बराबरको २ थान कम्प्युटर दिएको छ । बैंकले विद्यालयको ६० औँ वार्षिकोत्सव तथा हिरक जयन्तीको अवसरमा बैंकको संस्थागत उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई कम्प्उुटर हस्तान्तरण गरेको बैंकका शाखा प्रबन्धक चेतनारायण गौतमले जानकारी दिए ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा कम्प्युटर शिक्षाले पनि ठूलो भूमिका खेल्ने हुँदा र सिकाइमा केहि नौलो पन ल्याउने भएकाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको गौतमले बताए ।
कम्प्युटर गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरे र वडा नम्बर ८ का वडा अध्यक्ष रामप्रसाद कँडेलले विद्यालयका प्रअ तेजेन्द्र बुढाथोकीलाई हस्तान्तरण गरेका थिए ।













































































































































































































