–सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि सुरु भएको छ । सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेतको क्यास एक्सप्रेश वल्र्डवाइडमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ ।
अल अन्सारी एक्स्चेन्जको ९ रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत सहज तरिकाले भुक्तानी लिन सकिने बताइएको छ ।
अल अन्सारी एक्स्चेन्जका उच्च व्यबस्थापन पक्षले सिटी एक्सप्रेस संग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी यक्त गर्दै आगामी दिन हरु मा सिटी एक्सप्रेस संग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिए । रातोपाटीबाट
















































































































































































