
बाग्लुङ जिल्लाको बिभिन्न दुई स्थानिय तहमा प्रभुबैंक लिमिटेडद्धारा साखा बिस्तार गरीएको छ । स्थानीय तह पुनरसम्रचना संगै बैंक तथा बिभिन्न बित्तिय संस्थाले आफनो सेवा बिस्तार गर्ने क्रमसंगै प्रभुबैंकले समेत बाग्लुङ जिल्लाका ८ स्थानीय तहमा आफनो साखा बिस्तार कार्यक्रमलाई अगाडि बढाएको हो ।
आज निसिखोला र तमानखोला गांउपालीका सहित ७ स्थानीय तहमा साखा सञ्चालनमा ल्याएको बैंकले निकट भबिस्यमै ताराखोला गाँउपालीमामा समेत सेवा बिस्तार कार्यलाई अगाडि बढाईने बैंकका क्षेत्रिय कार्यलय अफिसर उत्तमकुमार राजभण्डारीले बताउनु भयो ।
बैंकले हालसम्म १ सय ४८ साखा बिस्तार गरीसकेको हो । हाल १० लाख ग्राहक संख्या, ८ अर्व बढि सेयर पुँजि, १८ १८ अर्व बचत, तथा ७३ लाख अर्व लगानी र गत चैत्र मसान्त सम्ममा ९० करोढ बढि नाफा गर्न सफल भएको बताईएको छ ।
आज तमानखोला गांउपालीकामा आायोजित साखा उद्घाटन कार्यक्रममा बैंकका क्षेत्रिय कार्यालय अफिसर उत्तमकुमार राजभण्डारीको अध्यक्षता, तमानखोला गाँउपालीका प्रमुख जोकलाल बुढाको प्रमुख आतिथ्यता, उपप्रमुख मानसरी शेरचन, निसिखोला गाँउपालीका प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद गौतम, नेपाली काँग्रेसका युवा नेता जित शेरचन, सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, उधोग बाणिज्य संघ ईकाई बुर्तिबाङका उपादक्ष निमलाल पाण्डे लगाएत तमानखोला गााउपालीका अन्र्तगतका जनप्रतिनीधि, बिधिन्न बिधालयका प्रतिनीधि, बिभिन्न सँघसँस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो ।
आयोजित कार्यक्रमलाई उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथी जोकलाल बुढाले बिभिन्न चुनौतिका बाबजुट पनी ग्रामिण क्षेत्रसम्म सेवा प्रवाह गरेकोमा प्रभु बैंक परिवारलाई आभार ब्यतm गर्दे आगामि दिनमा गाँउपालीकाबाट हुने काम प्रभु बैंक साखा बोङगादोभानबाटै सञ्चालन गरीने समेत बताउदै बिभिन्न उपभोतmा समितीलाई बैंकमा खाता सञ्चालन गरी चुस्त दुरुस्त कार्य पद्धतीमा जोडिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता जित शेरचनले बोल्दै बैंक तथा बित्तिय क्षेत्रमा जोडिएर सबैले खाता खोली बचत तथा कर्जा क्षेत्र सँगै उत्पादनमुलक कार्यमा जोडिन आग्रह गर्नुभयो ।
कार्यक्रममा तमानखोला गााउपालीका प्रमुख प्रसासकिय अधिकृत कमल प्रसाद गौतम, उधोग बाणिज्य सँघ बुर्तिबाङ ईकाईका उपादक्ष निमलाल पाण्डे, जनजागृर्ति मावि बोङगादोभानका प्रअ प्रेमबहादुर खड्काले बोल्दै ग्रामिण क्षेत्रमा आएको बैंकले जनतालाई सहजता पैदा गरेको बताउदै सहि तवरले सदुपयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै निसिखोला गााउपालीकामा समेत प्रभु बैँकको साखा बिस्तार गरीएको हो । प्रभु बैंक बुर्तिबाङ साखाका प्रबन्धक खिम केशिको अध्यक्षतामा आयोजित कार्यक्रममा निसिखोला गांउपालीका प्रमुख तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
आयोजित कार्यक्रमलाई उद्घाटन गर्दे प्रमुख अतिथी पांडेलले गाँउगााउमै जनतालाई सेवा प्रवाह गर्ने अभियान सहित प्रभु बैँले थालेको अभियान अतयन्तै सकारात्म र आबस्यकता मुलक भएको बताउदै बैँलाई गाँउपालीले समेत सम्मोन्य गर्दे बैँकमार्फत स्थानीय तहमा हुने बैँकिङ कार्यमा आफुहरुसमेत प्रभु बैँक संँग जोडिने बताउदै गाँउको बिकास र उधमशिलता बिकास, आयआर्जन मुकल कार्य सँगै बचत गर्ने बानीको बिकास गर्न बैँकले अबका निमा मुख्य भुमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रसासन प्रमुख जनक थापा, उधोग बाणिज्य सँघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि सर्मा, निसिखोला गाँउपालीका उपप्रमुख सोभा कार्कि, गाँउपालीका प्रमुख प्रसासकिय अधिकृतसुसिल पनेरु, ईलाका प्रहरी बुर्तिबाङका प्रमुख नारायण सर्मा लगाएतका आतिथ्यता एवम सुभकामना मन्तब्य रहेको हो ।