
प्रभु बैकले म्याग्दीको धवलागिरि गाउँपालिका ताकाम र रघुगंगा गाउपालिका मौवाफाटमा नयाँ शाखा सञ्चालन गरेको छ ।यस शाखा मार्फत सर्वसाधारण जनता र स्थानीय उद्योगीले प्रभु बैक मार्फत बचत ,कर्जा ,रेमिट्यान्स ,मोबाइल बैंकिङ लगायतको विभिन सेवा लिन पाउने बैँकले जनाएको छ ।
प्रभु बैँकले म्याग्दी,बागलुङ र मुस्ताङको सबै स्थानीय तहमा शाखा स्थापना गरेर सेवा दिने उदेश्यका साथ नयाँ शाखाहरू खुल्ने त्रम जारी छ ।धवलागिरि गाउँपालिका अध्यक्ष थकसला पुनले ताकम शाखाको र रघुगंगा गाउपालिकाको अध्यक्ष भवबहादुर भण्डारीले मौवाफाट शाखाको उदघाटन गरेका थिए ।