बानपा ३ मा ७ किलोमिटर सडक कालो पत्रे भएको छ ा बागलुङ नगरपालिकाको वडा नं ३ मा पर्ने सडक र नालीको अवस्थामा सुधार भएकोले सर्वसाधारण जनतालाई धेरै सहज भब्एको छ ।लालिगुरास चोकदेखि पुरानो फिल्म हल हुँदै जिल्ला प्रशासनसम्मको जिर्न बनेको पिच बाटोलाई नगर स्तरीय योजना अन्तर्गत यस पालि नयाँ पिच गरिएको छ ।बुद्ध चोकदेखि गणेश मन्दिरसम्मको बाटो १३ लाखमा पिच गरिएको वडा अध्यक्ष लक्ष्मी बास्कोटाले बताइन ।हामीले गाउँ र शहरले घरिएको ३ नं वडालाई राम्रो सडक संजालबाट जोड्न चाहान्छौ ।सडक ,खानेपानी ,शिक्षा ,कृषि लगाएतको जनताको जीवनस्तर माथि उठाउने विषयलाई प्राथमिकता तोकेर बिकासको काम जनसहभागितामा गरिरहेको वडा अध्यक्ष बास्कोटाले नयाँ विश्वलाई बताईन ।
३ नं वडाले बागलुङ नगरपालिकाको विभिन्न वडाहरूसंग सहकार्य गरेर गाउँमा उत्पादन हुने सामान वर्षा याममा पनि बजार ल्याउन मिल्ने बनाउन ३ नं वडा कार्यालय लागि परेको छ ।त्यसै गरि होटल सितल पार्टी प्यालेसदेखि विघामन्दिर पुस्तकालयसम्म पक्कि नाली बनाउने काम भएको छ भने सडक पनि फराकिलो भएको छ ।नगरस्तरीय योजना अन्तर्गत देउराली चोकदेखि खहरे सडक खण्डसम्म र बोक्सेको गहिरादेखि सिगानाको बौढेचौरसम्मको सडक ७० लाखको बजेटमा बन्दैछ ।त्यसै गरि तातोपानी,मुलपानीमा २० लाखको बजेटमा बाटो ढलानको काम भएको छ ।
दलित महिलालाई आय आर्जन अन्तर्गत साबुन र पुतली बनाउने तालिम २ लाखमा सम्मन्न भएको छ ।बुद्ध विहारमा ५० हजारमा रेलिङ लगाउने काम भएको छ भने १० वटा मन्दिरमा सोलार जडान गरिएको छ ।नेपाल भाषा मंका खलको झि छेको पर्खालमा १ लाखको लागतमा ग्याबिन बाल लगाउने काम सम्पन्न भएको छ ।चापाबोट ,खोलाखेत ,भलाटाकुरा र तोतोपानीमा १ घर १ धाराको योजना खानेपानी डिभिजन कार्यालय बागलुङको सहकार्यमा अगाडि बढीरहेको छ ।
विकास निर्माणको साथ साथै वडा कार्यालयले जनतालाई आधुनिक सुचना प्रविधि मैत्री सेवा दिई रहेको छ ।हामीले अनलाइन मार्फत घटना दर्ताको सुविधा दिएका छौ भने सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत दिएको वडा अध्यक्ष बास्कोटाले बताइन ।३ जना कर्मचारी मार्फत सेवा दिई रहेको वडा कार्यालयले जन चाहाना अनुसारको काम गर्न सबैको सहयोग आवश्यक भएको बताइन ।






























































































































































































