७ जेष्ठ २०८१, सोमबार

 

लगानीकर्ताबाट शेयर ब्रोकर बनेको दुई वर्षमै सर्वाधिक कारोवार

कुमारी बैंकमा आवेदन दिएर शेयर कारोबारमा प्रवेश गरेका तिमिल्सिनाका आफन्त त्यसबेला कुमारी सेक्युरिटिजमै काम गर्थे। जसले उनलाई दोस्रो बजारमा प्रवेश गर्न थप मद्दत गर्‍यो। उनले २०६० असोजमा पहिलो पटक दोस्रो बजारबाट बैक अफ काठमाण्डू (बिओके) को ४२६ रुपैयाँ प्रति कित्ताका दरले शेयर खरिद गरेका थिए।

आर्थिक वर्ष २०६३/६४ मा कुमारी सेक्युरिटिज (ब्रोकर नं ०१) ले सर्वाधिक शेयर कारोबार गरेको थियो। धेरै ‘टर्नओभर’ भएको खुसियालीमा कम्पनीले आफ्ना कर्मचारी र कारोबारका लागि आएका लगानीकर्तालाई लड्डू बाँडेको थियो।

त्यहाँ लड्डू खान जानेमा एक लगानीकर्ता राजकुमार तिमिल्सिना पनि थिए। उनी त्यसबेला ठिकठिकैको कारोबार गर्थिए। एक दशकपछि अवस्था फेरियो। तिमिल्सिना साधारण लगानीकर्ताबाट लगानीकर्ताको संगठनका अध्यक्षसम्म बने। शेयर कारोबारबाट मनग्य कमाए पनि।

गत बर्षको सबैभन्दा ठूलो कारोबार भिजन सेक्युरिटिज (ब्रोकर नं ३४) ले गर्यो। एक दशकअघि लगानीकर्ताका रुपमा लड्डू खाएका तिमिल्सिनाले यसपाली आफ्नो ब्रोकर कम्पनी एक नम्बर भएकोमा लड्डू बाँडे।

गत बर्ष शेयर बजामार एक खर्ब २१ अर्ब रुपैयाँको शेयर कारवबार भयो। बर्षभरीको कुल कारोबारमा झण्डै ११ प्रतिशत हिस्सा तिमिल्सिनाको भिजन सेक्युरिटिजको छ। वर्षभरिमा १२ अर्ब ६१ करोड ४३ लाख रुपैयाँको कारोबार गरेको थियो।

अघिल्लो वर्ष १० अर्ब ९८ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार गर्दै अनलाइन सेक्युरिटिज (ब्रोकर नं ४९) नम्बर एक भएको थियो।

प्रत्येक वर्ष सबैभन्दा बढी कारोबार कसले गर्ने भन्ने ब्रोकर कम्पनीहरूबिच प्रतिस्पर्धा नै चल्छ। जसका लागि ब्रोकर कम्पनीले आ-आफ्नै रणनीति बनाएका छन्।

छोटो समयमा कम्पनी नम्बर १ कसरी भयो? तिमिल्सिना सम्झिन्छन्।

२०५७ सालमा उनी शंकरदेव क्याम्पसमा स्नातक अध्यनरत थिए। त्यही बेलादेखि उनलाई शेयर बजारप्रति आकर्षण बढेको रहेछ। क्याम्पस पढ्दा पढ्दै उनले पहिलो पटक कुमारी बकैको प्राथिक सेयरमा आवेदन दिएका थिए। २०६० मा स्नातकोत्तरको पढाइ सकेपछि उनले शेयर कारोबारलाइनै निरन्तरता दिन थाले।

कुमारी बैंकमा आवेदन दिएर शेयर कारोबारमा प्रवेश गरेका तिमिल्सिनाका आफन्त त्यसबेला कुमारी सेक्युरिटिजमै काम गर्थे। जसले उनलाई दोस्रो बजारमा प्रवेश गर्न थप मद्दत गर्‍यो। उनले २०६० असोजमा पहिलो पटक दोस्रो बजारबाट बैक अफ काठमाण्डू (बिओके) को ४२६ रुपैयाँ प्रति कित्ताका दरले शेयर खरिद गरेका थिए।

पहिलो पटक ४० हजार रुपैयाँको दोस्रो बजारमा शेयर खरिद गरेर कारोबार सुरु गरेका उनले पछि बैकबाट एक करोड रुपैयाँसम्मको ऋण लिएर शेयर कारोबारमा पूर्णकालिन होम्मिए।

बिस्तारै प्राथिक बजार र दोस्रो बजारमा कारोबार गर्दै अगाडि बढ्दै गएका तिमिल्सीना लगानीकर्ताको हक हितका लागि खुलेको संगठनमा पनि गए। २०६३ सालमा पहिलो पटक इन्भेष्टर फोरमको साधारण सदस्य हुँदै २०७० सम्म पुग्दा उनी अध्यक्ष भए।

इन्भेष्टर फोरममा आबद्ध हुनुको पनि त्यस बेला आफ्नै स्वार्थ थियो। फोरममा हुँदा पूर्ब कार्य समितिका सदस्यहरुको संगतले बजार बारे थप जानकारी हुन्थ्यो भने यससँग सम्बन्धित सभा सम्मेलन गोष्ठीमा सहभागी हुने अवसर प्राप्त हुन्थ्यो। जसले बजारका बारेमा थप सिक्ने अवसर मिल्थ्यो।

खरिद बिक्रीको रकम समयमा भुक्तानी गर्ने परम्परालाई उनले बढी जोड दिए। त्यतिबेला समयमा भुक्तानी नपाएको गुनासो लगानीकर्ताले धेरै गर्ने गर्थे। जसलाई उनले सुरुदेखि नै ध्यान दिए। ‘बढीभन्दा बढी ग्राहक सेवा नै सफलताको आधार हो,’ उनले भने।

२०६० सालदेखि ७२ सम्मको १२ बर्षे अवधिमा बजारका यावत कुराहरूलाई नजिकबाट नियालेका तिमिल्सिनाले शेयर बजारको बारेमा धेरै कुरा बुझिसकेका थिए। शेयर कारोबार गर्दै लगानीकर्ताको अधिकारको आवाज उठाउँदै गर्दा उनले राम्रै रकम समेत बजारबाट कमाइ सकेका थिए।

एकाएक २०७२ सालमा एक ब्रोकर कम्पनी बिक्रीमा रहेको र त्यसका सञ्चालकले राम्रो गरी अगाडि लैजान सक्ने व्यतिलाई बिक्री गर्ने जानकारी पाए। जुन उनको लागि अवसर र चुनौती दुवै थियो।

लगानीकर्ताको पहिचान बनाएका उनले ब्रोकर कम्पनीमा लगानी गर्दा सबै गतिविधि त्याग गर्नु पर्थ्यो। किनकि शेयर ब्रोकर र उसको परीवारले दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न नपाउने नियम छ।

उनले सबै गतिविधि त्यागेर २०७२ मा लगानीकर्ताबाट ब्रोकर बन्ने निर्णय गरे। रञ्जन सुवेदी र उनले मिलेर पुतलीसडकको महालक्ष्मी प्लाजामा रहेको भिजन सेक्युरिटिजलाई खरिद गरे।

कम्पनीलाई अगाडि बढाउन उनले त्यस्ता सुविधाहरू थप गरे जसले लगानीकर्तालाई आकर्षित गर्‍यो।

सबैभन्दा पहिले उनले कार्यालयलाई अनामनगरमा सारे। लगानीकर्तालाई प्राथमिकता दिँदै सबैभन्दा अगाडि ठूलो हलमा उनले डिस्पेले रुम राखे। त्यसभन्दा अघि धेरैजसो कम्पनीले डिस्प्ले रुमको बारेमा खासै ध्यान दिँदैन थिए।

लगानीकर्ताको शेयर खरिद बिक्री आदेशलाई तत्काल कारोबार गराउने प्रयत्न गरे। उनीहरूले दिएको आदेश अनुसार उनीहरूकै मूल्यमा तत्काल शेयर खरिद बिक्री हुन थालेपछि पहिलो छ महिनामै उनको कम्पनीले उलेख्य कारोबार गर्‍यो।

त्यसबेला ब्रोकर कम्पनीहरू कारोबार आउट भै रहन्थे। एक पटक कारोबार आउट हुँदा सात दिनसम्म कारोबार गर्न नपाउँदा लगानीकर्ता दिक्क हुन्छन् भन्ने उनले पहिल्यै बुझेका थिए।

त्यसलाई उनले कार्यालय स्थापनादेखि नै ध्यान दिए। जसकाकारण उनले कमान सम्हाले देखि एक पटक पनि ब्रोकर आउट भएको छैन। जसले लगानीकर्तामा थप विश्वास बढायो।

खरिद बिक्रीको रकम समयमा भुक्तानी गर्ने परम्परालाई उनले बढी जोड दिए। त्यतिबेला समयमा भुक्तानी नपाएको गुनासो लगानीकर्ताले धेरै गर्ने गर्थे। जसलाई उनले सुरुदेखि नै ध्यान दिए। ‘बढीभन्दा बढी ग्राहक सेवा नै सफलताको आधार हो,’ उनले भने।

गत वर्ष एक नम्बर कम्पनीमा दरिएपछि जिम्मेवारी थप वढेको उनको अनुभव छ। अब अझै राम्रो गर्नु पर्ने दायित्व थपिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्