७ जेष्ठ २०८१, सोमबार

 

मेला हेरी फर्कदा पिक अप जिपवाट खस्दा दुई जना घाइते

बडिगाड गाउँपालिका वडा नं. ५ खार वजारवाट भिमगिठे जाँदै गरेको ध १ ज ७७० नं. को पिक अप जिपको पछाडि बाट खस्दा २ जना घाइते भएका छन्।

गुल्मी मालिका गाउँपालिका २ का वर्ष १६ का सागर विक र सोहि स्थानमा वस्ने वर्ष १५ का कृष्ण वहादुर अधिकारी घाइते भएको र घाइतेको बडिगाड पोलिक्लीनिक खार बजारमा उपचार भैरहेको प्रहरी चौकी खारका इनचार्ज प्रहरी सहायक निरिक्षक लालमणि भट्टराई ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्