७ जेष्ठ २०८१, सोमबार

 

झोलुङ्गे पुलबाट हामफालेर कालीगण्डकीमा युवती बेपत्ता

पर्वत । झोलुङ्गे पुलबातट कालीगण्डकी नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । पर्वत र गुल्मी जोड्ने झोलुङगे (इमिचौर– पुर्तिघाट) पुलवाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माईली छोरी १७ बर्षिय मेनुका श्रेष्ठ बेपत्ता भएकी हुन् ।
नदीमा हाम फालेर बेपत्ता भएकी श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

विहान साढे सात बजे नदीमा हाम फालेकी श्रेष्ठको अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । नदीमा हाम फाल्नुको कारण अहिले सम्म खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भईरहेको जानकारी दिए । उनले भने,‘हामीले बेपत्ता किशोरीको खोजी कार्यका तीब्र गतिमा गरिरहेका छौँ ।
बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीवाट प्रहरी परिचालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्