७ जेष्ठ २०८१, सोमबार

 

तमानखोलामा असारे विकास रोक्ने तयारी

तमानखोला गाउँपालिकाद्धारा आर्थिक बर्ष २०७५÷७६ को बिनीयोजित बिकास योजनाको काम सुचारु हुन थालेका छन् । वडा तहमा उपभोक्ता समिती गठन प्रकृयालाई तिब्रता दिईएको र कुल ७६ बिकास योजना रहेको गाउँपालिकामा हालसम्म ५ योजनाको गाउँपालिका कार्यालयमा आई उपभोक्ता समितीले सम्झौता समेत गरी काम सुरु गरेको र उक्त योजना मधये ३ योजनाको पहिलो पेश्कि समेत भुक्तान गरीएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद गौतमले बताउनु भयो ।

यसबर्ष असारे विकासलाई अन्त्य गर्ने गरी बिकास योजनाको कामलाई निर्धारीत समयमै सुचारु गर्ने अभियान सुरु गरीएका कारण समयमै काम सम्पादन हुनेमा  आफुहरु बिश्वस्त रहेको गौतमको भनाई छ । ६ वडा रहेको उक्त गाउँपालिकाको सबै वडातहले आफनो वडामा परेका योजनाको काम सम्पन्न गर्नका निम्ती उपभोक्ता समितीको गठन भईसकेको बताइएको छ ।

उपभोक्ता समिती गठन भएपछी गाउँपालिकामा सम्झौता गर्न आउने क्रम निरन्तर बृद्धि भएको हो । त्यस्तै गाउँपालिकाले सवै वडाका बर्षातका कारण पहिलो गएर अवस्द्ध बनेका ९ वटा कच्चि सडक सफाई गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्