७ जेष्ठ २०८१, सोमबार

 

प्रदेश सरकारका १६ खानेपानी आयोजनाको काम शुरु

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत बागलुङ जिल्लामा यस वर्ष १६ खानेपानी आयोजनाको निर्माण तथा स्तर उन्नतीको काम शुरु गरको छ । संघीयताको कार्यान्वयन पछी प्रदेश सरकारको पहिलो वजेटको कार्यक्रम गाउँ पुगेको हो ।

गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लामा नयाँ खानेपानी आयोजना निर्माण तथा पुराना खानेपानी आयोजनाको स्तर उन्नतीका लागि आर्थिक वर्ष २०७५÷०७६ मा ६ करोड ५ लाख वजेट छुट्टाएको छ । आर्थिक वर्ष शुरु भएको ४ महिना पछी १६ खानेपानी आयोजनाहरुको काम शुरु भएको छ ।

‘संघीयता कार्यान्वयनको लागि नयाँ कार्यालयहरु स्थापना गर्नु पर्ने भएकाले केही ढिला गरी आयोजना शुरु भएको छ,’ बागलुङ बाट निर्वाचित प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले भन्नुभयो ‘केहि समय अगाडि मात्र प्रदेश मान्त्रालय अन्र्तगत खानेपानी डिभिजन कार्यालय सञ्चालनमा आए संगै आयोजनाको कार्य शुरु गर्न थालेका छौं ।’

बागलुङ जिल्लामा चरम खानेपानीका समस्या भएका १६ स्थानहरुमा खानेपानीका समस्या पहिचान गरी बजेट व्यवस्थापन गरिएको प्रदेश कार्यालयले जनाएको छ । १० आयोजना मध्ये ४ वटा आयोजना लिफ्ट प्रविधिमा निर्माण हुने खानेपानी डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

प्रदेश सरकारले ताराखोला खानेपानी आयोजनालाई ३० लाख, राजकुत खानेपानी आयोजनालाई ३५ लाख, भैसी खर्क खानेपानी आयोजनालाई ४० लाख, छरछरे खानेपानी आयोजनालाई ३५ लाख, खरवाङ दनिया लिफ्ट खानेपानी आयोजनालाई ५० लाख र कालीगण्डकी लिफ्ट खानेपानी आयोजनालाई ४० लाख बजेट विनियोजन भएको छ ।

यसैगरी जैमिनी लिफ्ट खानेपानी आयोजनालाई ४० लाख, सुखौरा खानेपानी आयोजनालाई ३० लाख, लामीचौर रमेटार खानेपानी आयोजनालाई ९० लाख, रेश खानेपानी आयोजनालाई ३० लाख, धम्जा खानेपानी आयोजनालाई ३० लाख, बरेङ सुखौरा पम्पीङ खानेपानी आयोजानालाई ३० लाख, महभीर खानेपानी आयोजनालाई ३० लाख, लावाङ खानेपानी आयोजनालाई ३० लाख, लामिचौर दलित वस्ती खानेपानी आयोजनालाई ३० लाख र कुस्मीसेरा खानेपानी आयोजनालाई २५ लाख वजेट विनियोजन भएर काम शुरु गर्न थालिएको हो ।

‘हामी कार्यालयमा भर्खर आइ कार्य सम्पादनका कामहरु शुरु गरेका छौं’ खानेपानी डिभिजन कार्यालयका डिभिजन प्रमुख प्रेम डोटेल भन्नुभयो,‘खानेपानीका आयोजनाहरुको अध्ययन तथा कार्यान्वयनका लागि आयोजना स्थल जाने, नापचाज गर्ने गरीरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्