३ जेष्ठ २०८१, बिहीबार

 

मुस्ताङका किसानहरु ५० बर्ष पुराना स्याउको बोट स्याहार–सुसारमा व्यस्त

मुस्ताङ । मुस्ताङका किसानहरु यतिबेला स्याउको बोट स्याहार–सुसारमा व्यस्त छन् । उत्पादन बढाउन बोटमा स्केल कटिङ गर्न किसानहरुलाई भ्याइ नभ्याइ छ । स्याहारमा ध्यान दिनसके एउटै रुखले ४० देखि ४५ किलोसम्म फल दिन्छ । त्यसैले मुस्ताङका स्याउका बोटहरुलाई अहिले धमाधम कटिङ गर्न थालीएको हो ।

५० बर्ष पुराना मुस्ताङका स्याउहरुलाई बर्षेनी संरक्षण गर्दै आइरहेको पाइन्छ । मलजलदेखी कटिङको समेत व्यबस्था गर्नुपर्ने भएपछि बर्षेनी स्याउको बोटहरुलाई स्केल कटिङ गर्न थालिएको हो । मुस्ताङ जिल्लाको करिब ४ सय १५ हेक्टर जमिनमा लगाइएको स्याउका बोटहरुलाई यहि महिनादेखी धमाधम स्केल कटिङ गर्न थालीएको छ । कटिङ गर्ने यो नै उपयुक्त मौसम भएकोले पनि स्याउलाई चाहिने उपयुक्त हावापानी मलजल लगायत अन्य पूर्वाधारहरुको व्यवस्था गाउँपालिकाहरुले मिलाउँदै आएका छन् । यसअघि गाविसहरुले प्रदान गर्दै आएको सुबिधाहरु अहिले गाउँपालिका मार्फत वडा कार्यालयहरुले बिशेष महत्वका साथ प्रदान गर्दै आएको हो ।

स्याउको उत्पादन र गुणस्तर बढाउन पहिलो कुरा कटिङ आवश्यक रहेको हुन्छ । यसले सूर्यको प्रकाश सजिलै प्राप्त गर्न र किटाणुहरुबाट टाढा रहन मद्दत गर्छ । कटिङसँगै यतिबेला स्याउ भित्र फैलिएका चोर हाँगा, किराले खाएका हाँगाविँगाहरुलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता पनि रहेको हुन्छ । पछिल्लो समय मौसम परिवर्तनले गर्दा मुस्ताङमा लगाइएका स्याउहरुमा भुवादार लाइकिरा, जिजिनामत जस्ता अन्यन्तै हानिकारक किटाणुहरुले गर्दा स्याउ उत्पादनमा ह्रास आएको छ । यसैले गर्दा पनि यो मौसममा स्याउलाई कटिङ गर्नु उपयुक्त मानीएको हो ।

प्रतिक्रिया दिनुहोस्