७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ र पर्वतमा पनि २९७ औ पृथ्वी जयन्ती मनाइयो

बागलुङ र पर्वतमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९७ औ जन्म जयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपालको छरिएर रहेको बाइसे चौबिसे राज्यलाई एकीकृत गरि एउटा सिंगो राष्ट्र निर्माण गर्न पृथ्वीनारायण शाहले खेलेको भुमिकालाई बिर्सदै गएको हुनाले अहिले नागरिक स्तरमा पृथ्वी जयन्ती मनाउनु सकारात्मक पक्ष भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

पृथ्वी जयन्तीमा नागरिक समाज बागलुङका संयोजक अधिबक्ता काजी गाउँले श्रेष्ठले नेपालीको एकिकरणको सवालमा पृथ्वीनारायण शाहले खेलेको भुमिका लाई सबै नेपालीले स्मरण गर्न जरुरी भएको धारणा राखेका थिए । घुस लिने र दिने दुबै देशको शत्रु हो भन्ने भनाइ अहिलेसम्म पनि सान्दर्भिक भएको हुदा यसलाई ब्यबहारिक रूपमा लैजान सके फाइदा पुग्ने श्रेष्ठले बताए ।

नेपाल राजतन्त्र नभए पनि साच्चै नेपाली हो भने सबैले पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउनु गौरबको बिषय भएको समेत श्रेष्ठले बताए ।


कार्यक्रमको अध्यक्षता पृथ्वी जयन्ती नागरिक समारोह समितिका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ स्वागत धौलागरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गोबिन्द गौतम संचालन समितिका सचिव कृष्णराज शर्माले गरेका थिए ।

पर्वतमा नागरिक समाजमा जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरी कार्यक्रम मनाएको छ । जिल्ला स्वास्थ्य कार्यक्रममा रहेका विरामीहरुलाई फलफूल वितरण्(ा गरी नागरिकस्तरबाट पृथ्वीजयन्ती मनाइएको राप्राका केन्द्रिय सदस्य इश्वर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्