७ जेष्ठ २०८१, सोमबार

 

प्रिसियस मन्टेश्वरी बागलुङले मनायो अभिभावक दिवस

प्रिसियस ईन्टरनेश्नल मन्टेश्वरी किन्डर वल्र्ड बागलुङले आफ्नो अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । दिक्षान्त समारोहमा पुर्व प्राथमिक तहको शिक्षा पुरा गरी प्राथमिक तहमा प्रवेश गरेका ३० विद्यार्थीहरु दिक्षीत भएका छन् ।

वि सं २०६८ सालमा ३५ विद्यार्थीबाट अध्यापन शुरु गरेको उक्त मन्टेश्वरीले हाल प्ले ग्रुपदेखि ६ कक्षासम्म मन्टेश्वरी प्रविधिबाट अध्यापन गराईरहेको छ । बागलुङ जिल्लामैं मन्टेश्वरी प्रविधिबाट अध्यापन गराईने एक मात्र यस विद्यालयमा हाल २५० विद्यार्थी अध्यनरत छन् । उक्त अविभावक दिवस तथा दिक्षान्त समारोहमा मन्तव्य तथा औपचारिक कार्यक्रम भन्दा पनि विद्यार्थीहरुको प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरुको प्रस्तुती एंव सृजनालाई बढी जोड दिईएको थियो ।

 

दिवसको अवसर पारेर विद्यार्थीहरुले विज्ञान तथा अन्य प्रविधिलाई समावेश गरी निर्माण गरिएका प्रोजेक्टहरुको प्रदर्शनी राखेका थिए। कार्यक्रममा अविभावकहरुको पनि उत्साहपुर्ण सहभागिता थियो । उक्त कार्यक्रममा अविभावकहरुका लागि अभिमुखीकरण तालिम समेत सञ्चालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माले गुणस्तर शिक्षा प्रदान गर्ने मात्र नभई यस मन्टेश्वरीले विद्यार्थीको खेलकुद, कला, साहित्य लगायतका सृजनशील कार्य र उनीहरु भित्रको प्रतिभालाई पनि प्रोत्साहन् दिदैं आएको बताए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य टेक बहादुर रोका, अविभावकको तर्फबाट हरिकला शर्मा, विद्यार्थीको तर्फबाट कक्षा ५ कि छात्रा सुम्निमा थापाले मन्तव्य व्यक्त गरेका थिए। उक्त कार्यक्रममा विद्यालयले राजन शर्माको अध्यक्षतामा नयाँ पदाधिकारीसहित नौ सदस्यीय व्यवस्थापन समिति पनि चयन गरेको छ।

समितिका सदस्यहरुमा अभिभावकबाट टेक बहादुर रोका, मञ्जुल शाक्य , कृष्णा केसी, रिता घमाल , सरिता गौतम, विद्यालयकातर्फबाट प्रिन्सिपल गिता शर्मा र शिक्षिका अम्बिका शर्मा रहेका छन । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन शर्माको अध्यक्षता, उपेन्द अधिकारीको प्रमुख आतिथ्यता , शिक्षिका अम्बिका शर्माको स्वागत र कल्पना शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

  

फोटो : मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्