८ जेष्ठ २०८१, मंगलवार

 

होली चाइल्डमा अभिभावक–शिक्षक सेमिनार

होली चाइल्ड स्कुल बागलुङले अभिभावक–शिक्षक सेमिनार सम्पन्न गरेको छ ।

एकदिने सेमिनारमा अभिभावक र शिक्षकबीच पुलको सम्बन्ध, अभिभावकत्वसम्बन्धी जानकारी र असल अभिभावक कसरी बन्ने भन्नेबारे प्रशिक्षण र अनुभव साटासाट गरिएको स्कुलले जनाएको छ ।

२०४८ सालमा ४० जना विद्यार्थीबाट सुरु गरिएको विद्यालयमा हाल प्लेग्रुप, मन्टेस्सोरी देखि १० कक्षासम्म सञ्चालन भइरहेको छ । कार्यक्रममा अभिभावकका लागि विद्यालय निर्देशिका, अभिभावक, शिक्षक र विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं संस्थापक प्रिन्सिपल केबी शाहीले विद्यालयले गुणस्तरीय शिक्षा मात्र नभई विभिन्न अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटनलाई पनि प्रोत्साहन गर्दै आएको बताए ।

कार्यक्रममा शाहीको अध्यक्षतामा सातसदस्यीय व्यवस्थापन समितिसमेत चयन गरिएको छ ।

समिति सदस्यहरूमा अभिभावकबाट यामबहादुर थापा र टीका थापा, समाजसेवी प्रेमबहादुर मल्ल, शिक्षक प्रतिनिधि सीताकुमारी खाँण, वडा प्रतिनिधि राम बोहरा छन् ।

सदस्यसचिवमा प्रधानाध्यापिका शारदा शाही छिन् । त्यस्तै दीपा आचार्यको अध्यक्षतामा एघार सदस्यीय अभिभावक–शिक्षक संघ चयन गरिएको छ ।

सदस्यहरूमा गंगा कार्की, सुनीता रुचाल, शारदा राजभण्डारी, हुमा श्रीश, चिन्तामणि सापकोटा, हरि बोहरा, विद्यालयबाट केबी शाही, शारदा शाही, जानुकाकुमारी शर्मा र आर्यन बोहरा छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं संस्थापक प्रिन्सिपल शाहीको अध्यक्षता, प्रेमबहादुर मल्लको प्रमुख आतिथ्य तथा सुमन दगामी मगरको स्वागत र सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्