कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेशका दुई जिल्लामा एकै साथ शाखा विस्तार गरेको छ।
बैंकले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनी बजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा श्रावण ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरेको हो ।
यो सँगै अब बैंकको शाखा संख्या ९६ पुगेका छन् । बेनी शाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रूपमा गरेका थिए ।
त्यस्तै गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रूपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका थिए ।
बैंकले देशभरका ९६ वटा शाखा कार्यालयहरू तथा ४५ वटा एटीएममार्फत सेवा प्रदान गर्ने भएको छ ।


















































































































































































































