१ जेष्ठ २०८१, मंगलवार

 

पेड न्युज र फेक न्युजकाे चुनाैती

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे मिडियामा चर्चाकाे क्रम जारी छ । महरा र संसद सचिवालयकी महिला कर्मचारीबीच भएको भनिएको घटना आइतबार पत्रकार अजय शिवाकोटीले स्थलगत रिपोर्टिङ गरेर सार्वजनिक भएपछि नेपालको यो समाचार अन्तराष्ट्रिय संचार माध्यममा पनि कभरेज भैरहेको छ ।

समाचार घटनामा आधारित थियो ।  घटना सत्य र वास्तविकताका बारेमा राज्यको सुरक्षा संयन्त्रले पुष्टी गर्ने विषय हो । त्यो हुने नै छ । यतिवेला नेपालीहरुको वडा दशै परेकोले सुरक्षा निकायकाे ध्यान चाडपर्वकाे सुरक्षाा व्यवस्थापनमा मोडिएको छ । दशै पछि अनुसन्धान प्रक्रिया अघि बढ्ने नै छ,विश्वास गरौं ।

समाचार शुरुमा जसरी आयो त्यसले विश्वसनियता प्रकट गरिरहेका बेला बीच बीचमा स्रोत माथि नै अविश्वासनिय हुने गरी मिडियाबाट सामाचार आउने क्रम जारी छ । आएको समाचारलाई कसैले मिसन समाचार भने । कसैले पेड न्युज पनि भनेको सुनियाे । तर यस बीचमा आएका समाचारले संचार माध्यम प्रतिको विश्वसनियता प्रति प्रश्न जन्माएको छ । किन त ?

समाचार सत्य वा असत्य जे भएपनि फेक र पेड न्युजले बजार तताएका छन् । फेक न्युृज यस मानेमा महरा प्रकरणलाइ जोडेर चीन र भारतको पक्षपात गर्दै समाचार आइरहेका छन् । भारतीय पक्षले चीनका सर्मथक रहेका महरालाई चीनका राष्ट्रपतिको नेपाल भ्रमणका बेला उजगार गरेर खेल खेल्न शुरु भनेर लेखका छन् । घटना  नेपालकाे व्यक्तिगत चरित्रकाे तर चर्चा छिमेकी देशहरूकाे ।  भारतसँग जोडेर रअले चलाएका पत्रकारले लेखे भनेर समाचार बनाएको पनि पढ्न पाइयो ।

यी सबै समाचारमा सत्यता हाेला नहाेला पाठक वा स्राेता कै जिम्मा । तर समाचार  घटनाको स्थलगत रिपोर्टिङका आधारममा  सार्वजनिक भएको हाे । त्यसमा सत्यताका अाधार पनि प्रस्तुत छन् । महराकाे राजीनामाले अाधारलाइ पुष्टी पनि गरेकाे छ ।

यसै अवसरमा नेपालका पेड न्युज र फेक न्युज एजेन्सीले बजारमा निराधार तथ्य सार्वजनिक गरिरहेका छन् । समाचारको भाषा नबुझ्नेहरुका लागि ती समाचार सत्य नै लाग्न सक्छन् । पिडित भनिएकी राेशनीलाइ लगत्तै अज्ञात स्थलमा पुरयाएर गरिएकाे अन्र्तवार्ता हाेस वा त्यस अन्र्तवार्तासँगै अाएका हचुवा तथ्यका समाचार, अादी ।

त्यसैले  यतिवेला पेड न्युज र फेक न्युजले बजार तताइरहँदा त्यस्ता समाचार प्रेशकलाइ समाज प्रतिकाे उत्तरदायित्वकाे कुनै मतलव देखिएन् । त्यस्ता समाचारले अन्तत समाजमा  अपराधको प्रवृती मौलाउँछ भन्ने कुरा  बेवस्ट्रिङ संचालकहरुले बुझ्न आवश्यक छ ।

घटनाका पछाडी वास्तविकता भन्दा पनि आस्था र स्वार्थ जोडेर समाचार आईरहेका छन् । त्यसले समाजको मुल्य मान्यतालाई नजर अन्दाज गरेर विचारकाे नभएर स्वार्थकाे विजेनस मात्र गरिरहेको छ । यस अवधीमा नेपालमा फेक न्युज एजेन्सी संस्थागत हुने क्रम जारी छ । यस्ता एजेन्सी संचालन भैरहँदा नेपालको प्रेस जगत मात्र नभएर व्यवस्था प्रतिको विश्वास गुम्ने खतरा छ ।

सरकारले यस तर्फ ध्यान दिएर रोक्न अअयिान संचालन गर्न सक्नुपर्छ । सरकारले आफ्ना पक्षका नेता महराको बचाउमा आएका समाचारलाई संरक्षण गर्ने हो, भने यसले परम्परा कायम गर्नेछ । यसै घटनामा आएका तथ्त्य बिनाका समाचारलाई आधार मानेर छानबिन गर्न सक्नु पर्छ ।

यतिवेला मिडियाले सार्वजनिक गरेको घटना भनेर फेक न्युजलाई प्रोत्साहन गरिरहँदा सरकारलाई भविष्यमा अाफ्रना सर्थक देखिएका पेड न्युज एजेन्सीबाट समेत थप चुनौती हुन सक्छ । अहिलेको वेब मिडियामा सबैभन्दा चुनौती भनेको पेड न्युज एजेन्सीका फेक न्युजकाे हो । यस्ता समाचार कस्ता पत्रकारले लेख्छन् त ? जसले आफुलाई रातारात सेलिब्रिटी बनाउन चाहन्छन् । जसले पत्रकारिताको आचार संहिताले कहिलै छुदैन् । जसलाई समाचारको महत्व भन्दा पनि व्यापारीक स्वार्थले काम गरिररहेको हुन्छन् । जसले आफ्नो स्वार्थका लागि जस्तो सुचना वा जनकारीलाई समाचारका रुपमा प्रस्तुत गर्न लालयित रहन्छन् । त्यस्ता पत्रकार वा संचार माध्यमले यस्ता घटनालाई अतिरञ्जित तवरबाट प्रकाशन वा प्रसारण गर्छन् ।

अहिलेको महरा प्रकरणको समाचार व्यवसायिक पत्रकारले सार्वजनिक गरेको भएपनि पेड पत्रकारका लागि दशैको मुखमा खर्च जोहो गर्नै धन्दा भएकाे छ । समाचार भन्कादा पनि मसला बनेकाे महरा प्रकरण । समाचारको सार्वजनिकसँगै पेड र फेक न्युजले आफ्नो रुप देखाई रहेका छन् । व्यावसायिक पत्रकारले लेख्ने समाचार भन्दा पछिल्ला दिनमा यस्ता एजेन्सीका प्रायोजित समाचारले स्थान पाउने क्रम जारी छ । फेक न्युज भन्दा पेड न्युजमा आशिंक सत्यता हुने भएपनि फेक न्युज र पेड न्युज दुबै घातक हुन् ।

त्यस्ता समाचारले सत्यतालाई तोडमोड गरेर पाठक र स्रोताको विश्वासलाई भ्रम पैदा गरिदिन्छ । पेड न्युज र फेक न्युजकाे काम सत्यतामा भ्रम सिर्जना गर्नु नै हाे । साथै कसैकाे निहित स्वार्थका लागि परिचािलत हुनु । यतिवेला महरा प्रकरण पनि पेड न्युज एजेन्सीका लागि त्यस्तै मसला बन्दै गएको छ । पाठक वा दर्शकले आफै सचेत भएर सूचनालाई फिल्टर गरेर बुझ्नुको विकल्प केही छैन् । समाजका लागि साच्चै पेड न्युज र फेक न्युज चुनाैती साबित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्