४ जेष्ठ २०८१, शुक्रबार

 

दशैं बिदामा कस्को जीवनी पढ्ने ?

दशैं, तिहार ,नेपाल संम्वत र छठ पर्वको विदामा मानिस घुम्ने , नयाँ परिकार खानेदेखि भटेघाट गरेर समयको सदुपयोग गर्छन ।तर सबैलाई यतिले मात्र पुग्दैन ।

विदाको समयलाई उपयोगी बनाउँन आफुलाई मर्ने पुस्तक पढेर आफनो ज्ञानको दायरा बढाउँन चाहान्छन मानिसहरु ।आफुले छनोट गरेको सहि पुस्तकले मानिसको परिकल्पना ,सृजनशिलता ,ज्ञान ,विवेकलाई परिमार्जन गर्नुको साथै तत्कालिन समयको दर्शन ,इतिहास ,संस्कृति,भुगोल,परम्परा र अर्थराजनीति थाहा हुन्छ ।

अघिपछि कामको दबाबले आफुले चाहेको काम गर्न सकिदैन भने आफुले मन पराएको पुस्तक पढ्न पनि समयको अभाव महसुस हुन्छ हामीलाई ।चाडपर्वको विदालाई कुन जीवनीको पुस्तक अध्ययन गर्ने भनेर सोच्ने र आफुलाई मन परेको जीवनीको पुस्तक छनौट गरेर पढ्ने सुर्वण अवसर हो ।

आउँनुस यो विदाको बेला केही जीवन उपयोगी र प्रेरणादायी पुस्तक अध्ययन गरेर आफुलाई फेरि मानसिक रुपमा बलियो र उर्जाशिल बनाऔं ।

१ विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल आन्द्रेस मेसीको जीवनीको पुृस्तक ब्रदर बुक्स प्रकाशन गरेको छ ।यस पुस्तकमा मेसीको विश्व फुटबल यात्राको लोभलाग्दो बर्णन गरेका छन लेखकले ।लेखक युवराज भटटराईले मेसीको दुख ,कष्ट ,खुशि र पीडालाई बाहिर ल्याएका छन ।मेसीको जीवन संघर्षको उतार चडावलाई यस पुस्तकमा मिहिन ढंगले प्रस्तुत गरेको छ लेखकले ।

२ आरेन्टल प्रकाशनले प्रकाशन गरेको जंगबहादरको जीवनयात्रा पुस्तकले जंगबहादुरको भित्रि कथालाई बाहिर ल्याएको छ ।जंगबहादुरको छोरा पद्मजंग कुँवरले लेखेको जीवनीको पुस्तकलाई रामबहादुर पहाडीले अनुवाद गरेका छन ।लाइफ अफ सर जंगबहादुर राणा पुस्तक विस १९६६ सालमा भारतको इलाहावादबाट प्रकाशित भएको थियो ।

नेपालको इतिहास र राजनीतिमा मिथकिय पात्रको रुपमा रहेका जंगबहादुरको राजनीतिमा प्रवेश , प्रधानमन्त्रीको रुपमा जंगबहादुर , उनको यूरोप यात्रा , भारतको तत्कालिन इष्ट इन्डिया कम्पनीसंगको सम्बन्ध र जंगबहादुरको गुण र कमजोरीलाई नजिकबाट अध्ययन गरीएको सिमित पुस्तकमा जंगबहादुरको जीवनयात्रा पुस्तक पर्छ ।

३ साझा प्रकाशनले प्रकाशित गरेको बौद्धिक व्यक्तित्व ,प्राध्यापक र कुटनीतिज्ञ यदुनाथ खनालको जीवनी र विचारलाई नजिकबाट बुझन चाहाने पाठकहरुको लागि यदुनाथ खनालको जीवनीको पुस्तक धेरै नै प्रेरणादायी हुन सक्छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला अनुरोधमा तत्कालिन गृह मन्त्री सूर्य प्रसाद उपाध्यायसँग संयुक्त राष्ट्र संँघको महासभामा गएका खनाल परराष्ट्रमन्त्रालयका सचिवका साथै चीन ,अमेरीका र भारतको समेत राजदूत रुपमा आफनो प्रतिभा र क्षमता देखाएको मौलिक व्यक्तित्व हुन ।देशको कठिन आन्तरीक राजनैतिक अवस्थाको बेला यदुनान खनाले दुई शक्तिशाली छिमिकी र विश्वको प्रमुख शक्ति मध्य एक अमेरिकासंगको कुटनैतिक संम्बन्ध जिवन्त राख्न कठिन मेहनत गरेका थिए ।

४ नइ प्रकाशनले प्रकाशित गरेको देवकोटाको जीवनशैली पुस्तक अध्ययन गर्ने जो कोही पाठकले महाकवि लक्ष्मी प्रसाद देवकोटाको बारेमा धेरै नयाँ कुरा थाहा पाउँछन जुन हामीले थाहा थिएन ।

देवकोटाको साहित्य लेखन ,उनको अन्तराष्ट्रिय साहित्यिक यात्रा ,आनीबानि ,उनको कल्पनाशिलता र उनको राजनीतिक अभिरुचि , सग्लनता र सम्पादकको रुपमा देवकोटाको बारेमा रोचक ढंगले जानकारी दिएका छन ।लेखक नरेन्द्रराज प्रसाइर्ले देवकोटाको एतिहासिक तथ्य खोज्न निकै मेहनत गरेको देखिन्छ।

५ विस २०२७ सालमा वीपिले महेन्द्र राजाको सैनिक अधिनायवादको विरुद्ध शसस्त्र संर्घषको आवश्यकता महसुस गर्नु भएको थियो भारतको प्रवासमा हुँदा ।

लेखक दुर्गा सुवेदीले नेपाली काँग्रेसको राजनैतिक आन्दोलनको लागि आर्थिक समस्या हल गर्न गरिएको विमान अपहरणको राजनैतिक घट्नालाई निकै सुक्ष्म ढंगले लेखेका छन ।धेरै सुनिएता पनि विमान विद्रोहको ऐतिहासिक खोज नभएको बेला आफै संग्लन्न विस २०३० साल जेठ २८ गतेको उक्त घटनाको यर्थाथ सुवेदीले बाहिर ल्याएपछि विमान अपहरणको भित्रि रहस्य बाहिर आएको छ।

६ विश्व विजेता  फ्रान्सको सैनिक नेता र राजनीतिज्ञ नेपोलियन बोनापार्टको जीवनी भिजन पब्लिकेशनले प्रकाशित गरेको हो ।उनको कठिनाइले भरिएको सघर्षशिल जीवनी र उनको सौर्य गाथालाई उक्त पुस्तकमा लिपिबद्ध गरिएको छ ।अनुवाद गरिएको यस पुस्तकले धेरैलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।

७ आँखा उपचारमा विश्व चर्चित बनेका डाक्टर सन्दुक रुइतको जीवनीलाई नेपाली भाषामा अनुवाद गरेर लेखक खगेन्द्र संग्रौलाले पाठकलाई ठुलो गुण लगाएका छन । पत्रकार अली ग्रिपरले तीन वर्ष डाक्टर रुइटसँगै बसेर यो जीवनी लेखेका थिए ।

फाइन प्रिन्टले प्रकाशन गरेको यो पुस्तकमा रुइटले दृष्टि विहिन मानिसलाई उज्यालो दिन गरेको चिकित्सकिय उतार चढावले भरिएको कठोर यात्रालाई उतारेका छन ।

साह्रै विकट ओलाडचुडगोला गाउँको तल्लो तहमा जन्मेर डा रुइटले कसरी सफलताको यात्रा तय गरे , उनले संसारको चिकित्सकीय संस्थापनसँग जुध्दै कसरी विश्वको गरिब र निमुखा नागरिकहरुको लागि अति सस्तो विधिको नेत्र उपचार पद्धति दिएको कुरा पुस्तकमा सरल ढंगले लेखिएको छ ।

८ फिडेल क्याष्ट्रोको क्रान्तिकारी जीवनीलाई बढो कुशलता पूर्वक लेखिएको ‘फिडेल क्याष्ट्रो क्युवा र क्युबाली समाजवाद’ पुस्तक परिवर्तन र समाजवादको क्युबाली अनुभव पढ्न चाहानेहरुको लागि उपयोगी पुस्तक हो ।

६० वर्षदेखि अमेरिकाको धुरी राष्ट्रहरुको नाकाबन्दि सहेर कसरी एउटा गरिब मुलुक सम्पन्न र अर्गानिक देश बन्यो भन्ने कुरा उक्त पुस्तकले हामीलाई भन्छ ।सोभियत संघ र पूर्वी युरोपको विघटनपछि कसरी क्युबाले फिडेल र राहुल क्याष्ट्रो र जनताको साथमा समाजबादको नयाँ यात्रा शुरु गर्यो, कम्युनिजमको सफलता र असफलताको इतिहास बुझन चाहाने जो कसैलाई यो पुस्तक उपयोगी छ ।

क्युबाली एक्यबद्धता समुहले प्रकाशन गरेको यस पुस्तकले संसारमा आफनो देश बनाउँन गरिएको लामो लडाई र आर्थिक रुपान्तरणको लागि मोलिक बाटोको खोजिमा  नेतृत्वले गरेको साधनालाई उजागर गर्छ ।

विसं २०१६ सालमा फिडेल क्याष्ट्रो र चे ग्वेभाराको नेतृत्वमा सम्पन्न  क्युबाली क्रान्तिको बारेमा लेखिएको यस पुस्तकमा विस २०४६ सालमा सोभियत संघको विघटनपछि क्युबा बचाउँन कसरी फिडेलले डिजेल र पेट्रोलको विकल्पमा चीनबाट ५० हजार साइकल ल्याए।

संकटको बेला गाउँ र शहरको कृषकको रैथाने ज्ञानलाई जग बनाएर कसरी क्युबालाई विश्वमा पहिलो बिसादि रहित अर्गानिक मुलुक बनाए भन्ने लोभलाग्दो नवीन इतिहासको फेहरिस्त उक्त पुस्तकमा रहेको छ ।

क्युबाले स्वास्थ्य र शिक्षा क्षेत्रमा हासिल गरेको अभुतपृर्व सफलता र विश्वको जुनसुुकै भुगोलमा फैलिने रोगको महा प्रकोपको बेला क्युबाली चिकित्सक र स्वास्थ्थकर्मिले गरेको उच्च मानवीय सेवाको बारेमा पुस्तकले राम्रो प्रकाश पारेको छ ।

बिदाको बेला अध्ययन गर्न सकिने अन्य जीवनीका पुस्तकहरु

१ डा विश्वबन्धु शर्माद्धारा लिखित मान्छेको मन
२ अच्युत कोइरालाद्धारा लिखित आधुनिक सिंगापुर र चीनको निर्माता लि क्वान यु र दे स्याओपिडको जीवनी
३ साझाप्रकाशनले प्रकाशित गरेको राजा पृथ्वी नारायण शाहको जीवनी
४ जगत नेपालद्धारा लिखित पहिलो संसद वीपि महेन्द्र टकराव
५फिडेल क्याष्ट्रोद्धारा लिखित सम्झनामा चे ग्वेभारा
६ राजेश गौतमद्धारा लिखित क्रान्ति वीर रोजा लक्जमवर्गको जीवनी
७ जगदब्बा प्रकाशनको उही झा
८ हिटलरको आत्मा कथा
९ मेलेशियाको विकास सुत्रधार महाथिर मोहम्मदको जीवनी

प्रस्तुती : मुकेशचन्द्र राजभण्डारी

 

प्रतिक्रिया दिनुहोस्