४ जेष्ठ २०८१, शुक्रबार

 

‘नेपाल साहित्य महोत्सव’ सुरू, साहित्यमय बन्यो पोखरा

‘नेपाल साहित्य महोत्सव’को आठौं संस्करण शुक्रबार पोखरामा सुरू भएको छ ।

डा. देवेन्द्रराज पाण्डेको ‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’ विषयको प्रवचन र पुराणवाचनमा पारङ्गत सुन्दास दिदीबहिनी (ममता, अनिता, मनिता) ले वेदका श्लोक उच्चारण गरेर कार्यक्रमको उद्घाटन गरिएको हो ।

यसपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सव उद्घाटन गर्दै एसियाकै महत्वपूर्ण महोत्सव आयोजना हुनु गण्डकी प्रदेशका लागि गौरवको विषय भएको बताए । उनले भने, ’यस्ता महोत्वस राज्यबाटै हुनुपथ्र्यो, गैरसरकारी तवरबाट हुँदा नेपाली साहित्यको वृद्धि विकासमा महत्त्पूर्ण टेवा पुगेको छ ।’

सत्तारूढ नेकपाका प्रदेश इन्चार्जसमेत रहेका गुरूङले प्रदेशको कला, भाषा, साहित्यको विकासका लागि गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएको जानकारी दिए । महोत्सवको उद्घाटन स्थल र छलफल फेवा किनारको बाराहीघाट तोकिएको थियो। बिहानैदेखि झरी परेर पूर्व्निर्धा्रित स्थान बाराहीघाट, लेखकसाइडमा कार्यक्रम हुन सकेन । पानीका कारण केही समय ढिला भए पनि लेकसाइड नजिकैको रेस्टुरेन्टमा कार्यक्रम भइरहेको छ। आयोजकका तर्फबाट पानी रोकिएपछि पुरानै ठाउँमा कार्यक्रम हुने बताइएको छ ।

फेस्टिभलका मुख्य प्रायोजक आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले फेस्टिभलले नेपाली भाषा–साहित्यको वृद्धि–विकास गर्ने बताए । महोत्सवमा अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका १ सय १० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार, सम्पादक, सेलिब्रेटी एवम् विशिष्ट व्यक्तित्व पोखरा आइपुगेका छन् । यस वर्ष कार्यक्रममा ३९ भन्दा बढी सेसन छन् ।

 

संगीतकर्मीहरू हरिदेवी कोइराला, झूमा लिम्बु र प्रकाश सपुतका साथमा प्रस्तोता/पत्रकार नारायण अमृत ।

महोत्सवमा दक्षिण एसियाली क्षेत्रको प्रतिष्ठित डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार) रुपैयाँको यो पुरस्कार वितरण नेपालमा पहिलो पटक हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्